कृष्णसार अनलाइन , गुलरिया । बृहत्तर शिक्षा योजना निर्माण तथा पाठ्यक्रम निर्माणका लागि ३ दिने स्ट्रीम शिक्षा कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । बाँके युनेस्को क्लबको आयोजनामा ३ दिने स्ट्रीम शिक्षा कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।
सरकारले माध्यमिक तहमा ‘ स्ट्रीम ’ विधिबाट पठन पाठन गर्ने तयारी गरेको छ । अमेरिकाबाट सुरु भएको हो, ‘ स्ट्रीम ’ शिक्षा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स समावेश गरिएको थियो, जसलाई स्टेम भनिन्थ्यो । २००६ मा भएको मोमेन्टले आर्ट्स विषय अत्यावश्यक रहेको निष्कर्ष निकालेपछि साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथमेटिक्स जोड्न आर्ट्स थप गरिएको हो । त्यसपछि ‘स्ट्रीम’ एजुकेसनमा रूपान्तरण भएको हो । इन्टरनेटको विकास र आईसीटी प्रयोगसँगै स्ट्रीम एजुकेसनको अवधारणा आएको हो । स्ट्रीम शिक्षा ले आधारभूत तहका विद्यार्थीहरूमा सिर्जनशीलताको विकास गर्ने, समस्या समाधान क्षमताको विकास हुने, आलोचनात्मक विश्लेषण, स्वतन्त्र सोचाइ तथा समूहगत रूपमा काम गर्ने क्षमता तथा सीप विकास गर्दछ ।
प्रविधिको विकाससँगै परम्परागत शिक्षालाई पनि परिमार्जन गरी प्रयोगात्मक तथा व्यवहारिक शिक्षा र सिकाइमा जोड दिन आवश्यक भएको छ । स्ट्रीम शिक्षा मार्फत आर्जन गरेको ज्ञान र सीपले विद्यार्थीहरूलाई विद्यालय स्तर र सो पश्चात पनि जीवनमा आइपर्ने समस्याहरूको सामना गर्न सक्ने बन्ने शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत रविन्द्र नाथ थारूले बताउनु भयो । उहाँले STEAM Education ( विज्ञान, प्रविधि , इन्जिनियरिङ , कला र गणित ) एउटै विषयवस्तुलाई धेरै विषय जोडेर शिक्षण गर्ने पद्धति भएकोले यसबाट विद्यार्थीको सर्वाङीण विकासमा टेवा पुग्ने जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘ स्टीम शिक्षा व्यवहारिक शिक्षण भएकोले विद्यार्थीहरूले आत्मनिर्भर बन्न बाटोमा अगाडि बढ्न मदत पुग्ने तथा संस्कार, पेशा लगायतका विषयलाई एकीकृत रुममा समेट्ने छ । ’
बाँके युनेस्को क्लव, शसक्त बालिका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले बृहत्तर शिक्षा योजना निर्माण तथा पाठ्यक्रम निर्माणका लागि विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका, शिक्षक , अभिभावक संघ लगायतको प्रतिनिधि मूलक ३ दिने कार्यशाला गोष्ठीको गरिएको जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरूको सिकाइ उपलब्धि परिवर्तनका ल्याउन STEAM Education स्ट्रीम शिक्षा सम्बन्धी ज्ञान दिनका लागि यो कार्यशालाले महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ वैज्ञानिक शिक्षाको अवधारणा अनुसार विद्यार्थीहरूले सहज रुपमा सिक्ने वातावरण निर्माणको लागि कार्यशालाले टेवा पुग्ने तथा विद्यार्थीहरू भित्र लुकेर रहेका अन्तर्निहित क्षमताको विकासमा यसले टेवा पुग्ने छ ।’
बाँके युनेस्को क्लबका बर्दिया कार्यक्रम अधिकृत ईश्वर बि.क ले जेठको १ गते सञ्चालन भएको कार्यशाला तीन दिनसम्म हुने तथा तीन वटा पालिकाको प्रतिनिधित्व रहेको जानकारी दिनुभयो ।