
प्रकाश पौडेल, गुलरिया । बर्दियामा पाँच सय १४ बोरा अबैध खरबुजाको बीउ पक्राउ गरिएको छ । गुलरिया नगरपालिका , १० पर्सियामा पाँच सय १४ बोरा अबैध खरबुजाको बीउ पक्राउ गरिएको हो ।
राजापुर भन्सार कार्यालयले बुधबार राती सीमावर्ती क्षेत्रबाट पाँच सय १४ बोरामा राखिएको खरबुजाको बिउसहित ना ५ ख ३४५४ नम्बरको ट्रक पक्राउ गरेको राजापुर भन्सार कार्यालय प्रमुख अनिता पौडेलले बताउनु भयो ।बरामद खरबुजाको मूल्य ४२ लाख रुपैयाँ बराबर रहेको उहाँले जानकारी दिनुभयो ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा खरबुजाको बिउ लोड गरी राखेको अवस्थामा भन्सार कार्यालयका कर्मचारीले पक्राउ गरेका हुन् । बर्दियामा पछिल्लो समय मध्ये रातमा अबैध रुपमा चिनी, तरकारी, कपडा , भैसी, खसी लगायत अन्यको बस्तुको तस्करी हुने गरेको छ ।


