
कृष्णसार अनलाइन । बर्दियामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मधुवन नगरपालिका –२ ओरालीबजारको २२ वर्षीय अनुराग थारूको करेन्ट लागेर मृत्यु भएको हो।
मंगलबार दिउँसो करिब साढे ३ बजे मधुवन नगरपालिका, ५ कृष्णनगरमा रहेको बिजुलीको पोलमा बल्ब लगाउने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेपछि उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएको थियो।
अस्पतालले दिउँसो ४ बजे थारूको मृत्यु भएको जानकारी दिएको जिल्ला प्रशासन कार्यालय बर्दियामा रहेको जिल्ला विपद व्यवस्थापन समितिका फोकल पर्सन एवम् प्रशासकीय अधिकृत सरोज चौधरीले जानकारी दिनुभयो ।


