कृष्णसार अनलाइन, गुलरिया । यौनिकता तथा यौन शिक्षाको बारेमा खुलेर बहस गर्नुपर्ने बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले बताउनु भयो । बृहत् यौनिकता शिक्षा अभिमुखीकरण कार्यक्रममा, कार्यक्रम अधिकृत विकले सो कुरा बताउनु भएको हो ।
समुदायमा अझै पनि यौनिकता र यौनका बारेका गलत धारण रहेका पाइन्छ । समुदायमा रहेको नकारात्मक धारणको अन्त्य गर्न शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । व्यक्ति शिक्षित भएर यौनिकता र यौनका बारेमा रहेका नकारात्मक अन्त्य गर्न जरुरी रहेको छ । किशोरी क्लबमा आवद्ध भएका किशोरीहरू र विभिन्न सञ्जालमा आवद्ध रहनु भएका अभिभावकहरूको लागि बाँके युनेस्को क्लबको आयोजना र प्लान इनटरनेशनल नेपालको सहयोगमा बृहत् यौनिकता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।
बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत बि.क.ले सञ्चार माध्यमबाट यौनिकता, यौन तथा प्रजनन, स्वास्थ्य अधिकारसँग जोडेर समाचार आएमा पनि त्यसले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नु साथै जनचेतना जगाउन मद्दत पुग्ने बताउनु भयो ।
अभिमुखीकरणको सहजीकरण गर्दै बाँके युनेस्को क्लब, शसक्त बालिका परियोजना संयोजक गोविन्द प्रसाद लामिछाने यौनिकता र यौन शिक्षाका बारेका बताउनु भयो । उहाँले बृहत् यौनिकता शिक्षाका आधारहरू, किशोर किशोरीमा हुने मानसिक, भावनात्मक तथा संवेगात्मक परिवर्तन एउटै भएपनि शारीरिक रुपमा मात्र भिन्नता हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ हाम्रो शरीरमा देखिएको परिवर्तन स्वभाविक हो तर शरीरमा देखिएको परिवर्तनका बारेमा हामी खुलेर बहस गर्न सक्दैनौ । भने विद्यालयमा पनि यसबारेमा शिक्षा दिन लाज मान्ने भएकोले पनि यौनिकता र यौनको बारेमा गलत धारण रहेको छ । ’
उहाँले किशोर किशोरीमा आउने परिवर्तन स्वभाविक र सामान्य , नियमित प्रक्रिया हो त्यो प्रक्रियालाई सामान्य रूपले लिन नसक्दा पनि कयौं समस्या देखिने बताउनु भयो । किशोर किशोरीहरू बढी जिज्ञासु हुने भएकोले सही शिक्षा र ज्ञान नपाउँदा बालविवाह गर्ने तथा यौन हिंसाको सिकार हुने गरेको बताउनु भयो । यस्ता जोखिमबाट बचाउन पनि यौनिकता र यौन शिक्षाको बारेका बहस, छलफलमा माध्यमबाट किशोरकिशोरीलाई शिक्षा दिन जरुरी रहेका शसक्त बालिका परियोजना संयोजक लामिछाने बताउनु हुन्छ ।