चितवन। नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा सहमति नजुटेपछि सोमवार बिहान चुनाव हुने भएको छ ।
आइतवार मध्यराति महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी प्रस्ताव गरेर सोमवार बिहान ९ बजेसम्मका लागि बन्दसत्र स्थगित गरेका छन् ।बिहान ९ बजेपछि चुनावी कार्यक्रम शुरू हुने भएको छ । ओलीले पदाधिकारी प्रस्ताव गर्नुअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने अडान लिएका छन् ।
बन्दसत्रमा ओलीले आगामी ५ वर्षको लागि निर्वाचित हुने पदाधिकारीमा आफ्नो नेतृत्वमा टीम घोषणा गरेका छन् । ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् ।