Krishnasar_Dubble Ad
Barista_Training

बर्दिया चराको घर 

Geruwa GIF

देब राना, फोटो पत्रकार

 ‘ हे विधाता
सक्छस् भने मलाई
चरा बनाई दे
ताकी
खुल्ला आकाशमा उड्न सकूँ,
हरेक टोलमा पुग्न सकूँ,
हरेक घरमा बस्न सकूँ,
साना साना पात र घुस्यान बटुलेर
मेहनतले आफ्नै सानो गुड बनाउन सकूँ । ’ _ कवि बादल सुरेश


कवि बादल सुरेशले भनेझैँ चरा प्रकृतिका कयौं  सुन्दर सिर्जना मध्ये  चरा  पनि  एक  हो  । चराले आफ्नो कर्म आफ्नो संसार  निर्माण गर्छ । त्यसैले पनि होला रंगीन चरा देख्दा सबैको मन मोहित हुन्छ । र, थाहा नदिएर आँखाको बाटो भएर मनमा सुटुक्क बस्छ । र दिलभित्र  राज  गर्छ । तिनका आवाज सुन्दा मन मुग्ध हुन्छन् । संसारमा  कयौं सुन्दर चराचुरुङ्गीहरू छन्  ।


‘बर्दिया चराहरूको घर हो’ भन्दा खासै फरक पर्दैन । नेपालमा पाइने आठ सय ९२ प्रकारका चराहरू मध्ये बर्दियामा मात्र  पाँच सय १३ प्रकारका चराहरू पाइने  गरेको बर्दिया राष्ट्रिय निकुञ्जसँग तथ्याङ्क रहेको छ । 

Basgadhi PSA_final


बर्दियाको कुल क्षेत्रफल दुई लाख दुई हजार पाँच सय हेक्टर मध्ये एक लाख २१ हजार छ  सय ८२ हेक्टर जङ्गल भएकोले पनि बर्दिया चराहरूको उपयुक्त बासस्थान हो ।  त्यसैगरी बर्दियामा हावापानी, वासस्थान लगायतका कारण पनि बर्दिया पाइने चराको संख्या बढी रहेको छ ।

बर्दिया भएर बग्ने कर्णाली नदि, बबई नदी तथा  बढैयाताल, च्यामा ताल, लगायतका साना ठूला तालमा वर्षभरी नै पानी पाइने भएकोले पनि बर्दिया चरा घर हो । त्यसैले प्रत्येक घर आँगनबाट सजिलै  देख्न  पाइन्छ  सुन्दर  चराहरू ।  र बदियाको आँगनका बस्छन्, रम्छन् र भुल्छन् सुन्दर चराहरू । बर्दियाको  आँगनमा डुल्छन्,  यहाँको आकाशमा निर्धक्क उडेको छन् चराहरू  । 

 

मैले आफ्नो क्यामरा केही सुन्दर चराहरूलाई कैद गरेको छु । तीनै सुन्दर चराहरूको  संरक्षण, र प्रचारप्रसार गरी अरु पनि देखाउन सकियोस् ।

जय प्रकृति। जय जय संरक्षण ।।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page