bardiyahospital

वन्यजन्तुको आहारा बढाउन घाँसे मैदान व्यवस्थापन गर्दै निकुञ्ज

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आहारा बढाउन घाँसे मैदान व्यवस्थापनको काम भइरहेको छ  । निकुञ्जभित्र रहेका चित्तल, जरायो, बाह्रसिँगे, रतुवा, लगुना, नीलगाई लगायतका वन्यजन्तुलाई आवश्यक पर्ने आराहा  बढाउन घाँसे मैदान व्यवस्थापनको काम भइरहेको हो ।

निकुञ्जभित्र बसोबास गर्ने वन्यजन्तुलाई सहज रुपमा आहारा उपलब्ध गराउन निकुञ्जले प्रत्येक वर्ष घाँसे मैदान व्यवस्थापन गर्दै आएको छ । घाँसे मैदानको व्यवस्थापन गर्दा चरिचरण क्षेत्र बिस्तार हुँदा हुने भएकोले वन्यजन्तु निकुञ्जभित्र रमाउँछ ।  वन्यजन्तुले कलिलो घाँस मन पराउने भएकोले निकुञ्जभित्र रहेका ठूला घाँसहरू काटेर व्यवस्थापन गर्ने गरिन्छ । घाँसे मैदान व्यवस्थापन, बासस्थान व्यवस्थापनको एउटा महत्वपूर्ण पाटो मानिन्छ । निकुञ्जभित्र  करिब १२ सय हेक्टर क्षेत्रफलमा घाँसे मैदानहरू हाल रहेका छन्।

cld

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी महेश न्यौपानेले  घाँसे मैदानलाई व्यवस्थापन गर्दा नयाँ र ताजा पालुवा पलाउने हुँदा वन्यजन्तुहरू  निकुञ्जको कोर क्षेत्रमा  चरिचरन गर्ने र बस्ने भएको हुँदा निकुञ्ज बाहिर नजाने भएकोले  मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि पनि यो महत्वपूर्ण मानिने बताउनु भयो । उहाँले भन्नुभयो,‘ निकुञ्जभित्र मोजाइक-बेस्ड प्राक्टिसबाट  घाँसे मैदान व्यवस्थापनको काम भइरहेको छ । यो प्राक्टिस अन्तर्गत घाँसे मैदान व्यवस्थापन गर्दा  म्यानुअल्ली मान्छे लगाएर या त ट्र्याक्टरले घाँस काट्ने र काटिसकेपछि त्यो घाँसहरूलाई चाहिँ कन्ट्रोल बर्निङ गरिन्छ । जसले घाँसे मैदानमा  नयाँ-नयाँ मुनाहरू पलाउँछन ।’

मोजाइक-बेस्ड विधिबाट घाँसे मैदान व्यवस्थापनको एउठा वैज्ञानिक र आधुनिक विधि हो । जसमा सम्पूर्ण घाँसे मैदानलाई एकैपटक काट्ने वा जलाउने गर्नुको सट्टा घाँसे मैदानलाई  साना-साना खण्डहरूमा विभाजन गरेर चक्रीय वा पालैपालो व्यवस्थापन गरिन्छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.