bardiyahospital

१० औं महिनावारी स्वच्छता दिवसमा किशोरीलाई अभिमुखीकरण तालिम 

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । १० औं महिनावारी स्वच्छता दिवसको अवसरमा अभिमुखीकरण तालिम  दिइएको छ ।  । गुलरिया नगरपालिका रहेको किशोरी क्लबसँग महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण तालिम दिइएको हो ।

समाज अझै पनि महिनावारीको बारेमा कयौं गलत धारण,  अन्धविश्वास रहेको छ । महिनावारी भएको किशोरी महिलालाई छुनु हुदैन् , पोषिलो खाना खाना खान हुदैन् , धारा छुनु हुदैन् , एक्ले बस्नुपर्छ जस्ता धेरै गलत धारणा रहेका छन् ।  ‘ महिनावारी मैत्री विश्वव्यापी हातेमालो’  भन्ने मूल नारामा साथ यस वर्ष महिनावारी दिवस मनाइएको छ ।

cld

नगरपालिकाका नगर उपप्रमुख सावित्रा  गौतमले  समुदायमा रहेको महिनावारी सम्बन्धी गलत धारणाहरू हटाउन  अहिले   महत्वपूर्ण योगदान हुने बताउनु भयो । उहाँले पहिला तुलनामा महिनावारी हुदाँ गरिने व्यवहारमा धेरै सुधार भएपनि अझै पर्याप्त नभएको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘ महिनावारी महिलाको शरीरमा हुने एक नियमित क्रिया हो, भनेर बुझाउन सके मात्र पनि समाजमा रहेको गलत धारण हटेर जान्छ । महिनावारी सम्बन्धी समाजमा रहेका गलत धारण हटाउने जिम्मेवारी सबैको भएकोले सबैसँग हातेमालो गरेर अगाडि बढ्न जरुरी रहेको छ । ’ 

बर्दिया जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर सुनिता भण्डारीले महिनावारी भएको  बेलामा प्रयोग गरिने  प्याड तथा ट्युब प्रयोग गर्ने तरिका तथा  महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरू, बारेमा प्रत्येक किशोरी तथा महिलाहरूलाई जानकारी हुनुपर्ने बताउनु भयो । उहाँले महिनावारी हुदाँ  पेट दुख्ने बढी रगत बग्ने  लगायतको समस्याहरू हुने भएकोले त्यसको त्यस्ता समस्या समाधान गर्न चिकित्सकको सल्लाहमा  औषधि सेवन गर्ने तथा  पोषणयुक्त खाना खाना खानुपर्ने तथा  तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने  बताउनु भयो ।  उहाँले महिनावारी  सम्बन्धी कयौं नकारात्मक  धारणा, भ्रम र अन्ध विश्वास  रहेको छ त्यसलाई अन्त्य गर्न किशोरी क्लबहरू लागेर त्यस्ता गलत धारण हटाउन जरुरी रहेको बताउनु भयो । 

महिनावारीको विषयमा समुदायमा विद्यमान रहेको नकारात्मक धारणाहरूलाई चिर्दै सकारात्मक सोचको विकास गर्नुपर्ने बाँके युनेस्को कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ महिनावारी  एउटा नियमित प्रकृत्या र महिलाहरूको शरीरमा रहेको रगत शुद्धिकरण तथा स्वास्थ्यताको लागि महिलाहरू महिनावारी हुनु महत्वपूर्ण छ । ’

नकारात्मक धाराणा, सोच, व्यवहार र जीवनशैलीलाई परिवर्तन गर्नका लागि किशोरीहरूको माध्यमद्वारा समुदायमा सचेतना फैलाउनका लागि क्षमता अभिवृद्धि कार्यक्रम  गरिएको संयोजक गोविन्द प्रसाद लामिछानेले बताउनु भयो ।

महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले कार्यक्रममा सहभागीहरूसँग  आफ्ना अनुभव साटासाट गर्दै समुदायमा घटेका थुप्रै घटनाहरूको उदाहरण सहित महिनाबारी भएको वेला स्वास्थ्य, सरसफाइ र खानपिनमा ध्यान दिनु पर्नेमा जोडदिनु  दिनु भएको थियो ।  उहाँले शाखाले किशोरी क्लबका प्रतिनिधित्व मार्फत गाँउ गाँउमा सचेतना जगाउन सहयोग गर्ने प्रतिवद्धता  गर्नु भएको थियो ।

विगत लामो समय देखि गुणात्मक शिक्षाको विकास, स्वास्थ्य, सरसफाइ, बालविकास, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, पोषण एवम् खानेपानी, सरसफाइ तथा स्वच्छता लगायतका क्षेत्रमा काम गर्दै आएको  बालिका शसक्त परियोजनाका कार्यक्रम अधिकृत ईश्वर बि.क. ले जानकारी गराउनु भएको थियो । 

‘सशक्त बालिका परियोजना’  अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा  गुलरिया नगरपालिका रहेका किशोरी क्लबका ४० जना किशोरीहरूको सहभागिता रहेको थियो । प्लान इनटरनेशनल नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लबको साझेदारीमा  कार्यक्रम सञ्चालन  गरिएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.