bardiyahospital

के गरूँ कसो गरूँ

Geruwa GIF

डाक्टर विजय ज्ञवाली ।  विजय सर म कहिले कहिँ यति अत्तालिन पुग्छु , के गरूँ गरूँ हुन्छ .त्यस्तो अवस्थामा एकदम निरह हुन्छु । बस चढे भने मन अतालिन पुग्छ बस भित्र हिँडिरहन्छ । क्लासमा बस्दा बस्दै दौडिन मन लाग्छ ‘‘..एक दम तनाव हुन्छ मैले गरूँ कसो गरूँ जस्तो भएर मन अतालिन्छ ‘‘

 साधारण रुपमा बुझ्दा तनावको असर सँधै नकारात्मक नै हुन्छ भन्ने हुदैन । साधारण प्रकारका तनावले विभिन्न मांसपेशीमा कडापन सङ्कुचन ल्याउने, विभिन्न हर्मोन उत्पादन गर्ने ,स्वास प्रस्वास बृदि गर्ने हुँदा यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने काम पनि गर्छ तर यदि बारम्बार यस्तो प्रकारको तनाब लामो समय सम्म रहन्छ  र यसले मानव जीवन शैलीलाई असर गर्न थाल्छ भने त्यो अवस्था भने सामान्य  तनाव भन्नाले केही अनिश्चित नतिजाको बारेमा चिन्ता गर्नु, डराउनु र मनमा अप्ठ्यारो स्थितिको महसुस गर्नु हो । तनावको कारण हामीमा आउने शारीरिक, मानसिक र भावनात्मक परिवर्तन आउन थाल्छन् । तनाव हामी सबैको व्यवहारमा लागु हुने र देखिने र महसुस हुने कुरा हो । आजको जस्तो आधुनिक र प्रतिस्पर्धात्मक युगमा तनाव महसुस नगर्ने मानिस कम नै होला। तर कसले कति तनाब लिन्छ भन्ने कुरा व्यक्ति पिच्छे फरक पर्न सक्छ व्यक्तिको स्वभाव अनुसार कसैले बढी तनाव महसुस गर्छन भने कसैले कम।

cld

तनावका केही कारणहरूः


व्यक्तिगत समस्या

– तपाईंको स्वास्थ्य जस्तै विभिन्न दीर्घकालिक रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुको रोग हाडजोर्नीको रोग आदि

– भावनात्मक समस्या जस्तै आत्मविश्वासको कमी , व्यक्त गर्न नसकेको भावना र रिस , कुनै कुरा गुमाउँदाको पीडा , आफूलाई दोषी ठान्ने अवस्था र डाह, उदासीनता, आदि जस्ता नकारात्मक भावनाहरू

– सम्बन्ध भित्रका जटिलता र अन्योलताहरु ,पारिवारिक समस्या ,प्रेम सम्बध भित्रका जटिलता ,सहयोगको कमी

– आफूले चाहना राख्नु एक कुराको तर त्यो अनुसार गर्न नसक्ने अथवा नमिल्ने

– जीवन शैली भित्रका प्रमुख घटना परिवार भित्रको मृतु , विवाह ,जागिर खोसिनु ,नया ठाउँमा बसाइ सर्नु

– तपाईंको विश्वास र आस्था र समयसँगका अन्त्त्तर द्वन्द्व जस्तै तपाई परिवार सित बस्न चाहनु हुन्छ तर तपाईंको बाध्यताले त्यो दिदैन आदि

सामाजिक समस्याका कारण उत्पन्न हुने तनाव

– वातावरणीय असन्तुलन जस्तै प्रदुषण, हिंसा, ध्वनि प्रदुषण आदि

– कार्यस्थल र रोजगारी समस्या – काममा असन्तुष्टि र कामको धेरै बोझ , पैसाको अभाव , बेरोजगारी समस्या

– सामाजिक कारणहरू जस्तै असमानता, हिंसा, द्वेष र सामाजिक कुरीति जस्ता तत्त्वहरू.

– सामाजिक एक्लोपन – भाषा , जात ,लिग्गका कारण आउने विभिन्न किसिमका सामाजिक समस्या

पूर्वघटनाको अबसेसको रुपमा आउने तनाव

विगतमा घटेका ज्यान लिने किसिमका दुर्घटना , हिंसा जन्य घटना , प्राकृतिक विपत्ति ,युद्ध , दण्ड सजाय अन्य घटनाका कारण पनि हामीलाई तनाउ हुन सक्छ । यस्तो तनाव घटना घटेको बर्सौँ पछि पनि हुन सक्छ । यस्तो प्रकारको तनावलाई तत्काल हुने स्ट्रेट ( Acute Stress Disorder) र घटना पछि हुने तनाव ( Post Traumatic Stress Disorder ) गरि २ भागमा बाड्न सकिन्छ ।

तनावको लक्षण

तल बुझ्न सजिलो गरि तनावका लक्षणहरू प्रस्तुत गरिएको छ । यहाँ प्रस्तुत कतिपय लक्षण गम्भीर अवस्थामा मात्र देखिनछन् ।

संज्ञानात्मक लक्षण

-स्मरण शक्ति कम   हुनु

-एकाग्र हुन नसक्नु

-निर्णय गर्न नसक्नु

-नकारात्मक पक्ष मात्र देख्नु

-आत्तिनु , विचार बदली भइ रहनु

-लगातार आत्तिनु

 

सम्बेदनात्मक लक्षण

मुडी स्वभाव

छटपटी र छिटो रिस उठ्नु

घर्बराहट आराम लिन नसक्नु

एक्लो पन महसुस हुनु र एक्लिनु

निरास खुसी हुन नसक्नु

 

 शारीरिक लक्षण

-दुखाई र शरीर पाटिने

-झाडा पखाला अथवा कब्जियत

– वाकवाकी लाग्ने , रिँगाउने

-छाती दुख्ने , मुटुको ढुक ढुकी बढ्ने

-यौन अरुचि

-जाडो महसुस हुने

 

  व्यवहारिक लक्षण 

-बढी खानु अथवा भोक नलाग्नु

-निद्रा बढी लाग्नू अथवा निद्रा नलाग्नु

-आफूलाई अरुबाट टाढा राख्ने प्रयास गर्नु

-जिम्मेबारी पुरा नगर्ने अल्छि गर्नु

-चुरोट रक्सी र अन्य ड्रगको प्रयोग

-अन्य आत्तिएको जनाइदिने लक्षण ( खुट्टा हल्लाउने , नेल टोक्ने आदि )

 

अत्याधिक तनावको बेला के गर्ने ?

लामो र गहिरो श्वासप्रश्वास – फोक्सोमा प्रसस्त अक्सिजन जानुको अर्थ रगतमा पनि यसको मात्रा बढ्नु हो यसले तनाव कम गर्न विशेष भूमिका खेल्छ ।दुवै हात कडा मुट्ठी पार्ने अनि बिस्तारै खुकुलो पार्ने , यसै गरि शरीरको प्रतेक भागलाइ कडा बनाउँदै खुकुलो पार्दै गर्ने , यो अभ्यासले तनाव कम गर्न सहयोग गर्छ ।आँखा चिम्लिएर श्वास प्रश्वासमा केन्द्रित गर्ने तत्काल तनावको बखत मेरो स्पेस अत्यन्त महत्वपूर्ण हुन्छ । तसर्थ एकान्तको समय बनाएर त्यो समय आलुलाई मन पर्ने कुरा रुचि अनुसार गर्न सकिन्छ । नियमित व्यायामले तनाव काम गर्न सहयोग गर्छ ।

नाई अर्थात् नो भन्न सिक्नुस् आफ्नो क्षमता र परिस्थिति भन्दा बाहिरको कुरालाई सक्दिनँ भन्न नसक्दा पनि धेरै मानिसलाई तनावको वातावरण बन्न जान्छ । रक्सी अथवा धुम्रपानले तनाव घटाऊछ भन्नु गलत हो । तनावको बखतमा साहाकारि भोजन र हल्का भोजन लिनु राम्रो, तनावको उपचारको निम्ति मानसिक रोग विज्ञ अथवा मनोविज्ञको सहयोग लिन सकिन्छ ।

यसको निम्ति धेरै प्रकारको विधिहरू प्रयोगमा पाइन्छ ।

– साइको थेरापी

– मेडिसिन

– एकीकृत चिकित्सा

मनोविज्ञ तथा थेरापिस्ट डाक्टर विजय ज्ञवाली अमोहा क्लिनिकका सञ्चालक हुनुहुन्छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.