Division forest_Ads

सत्ता गुम्ने निश्चित भएपछि पदाधिकारी

Bidhut Notice
Geruwa GIF

 काठमाडौँ–  प्रधानमन्त्री तथा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ले पदाधिकारी बैठक बोलाउनु भएको छ ।  सत्ता समीकरण परिवर्तन भएर सत्ता गुम्ने निश्चित भएपछि प्रचण्डले पदाधिकारी बैठक बोलाउनु भएको हो ।

सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्ने गरी पदाधिकारीलाई बोलाइएको छ ।  पदाधिकारी बैठकमा नेताहरूको राय आएपछि प्रधानमन्त्री  प्रचण्डले आजै राजीनामा दिने सम्भावना रहेको छ ।

Basgadhi PSA_final

माओवादी केन्द्रका एक नेताका अनुसार – प्रधानमन्त्रीले राजीनामा दिने या नदिने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको हुन सक्ने अनुमान गर्नु भयो । उहाँले  आफूले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिने बताउनु भयो ।

गए राति नेपाली काँग्रेस नेकपा एमाले बीच सत्ता समीकरणमा लागि सहकार्यका लागि नयाँ समीकरण बनाएर अगाडि बढेपछि सहमति बनेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

 

Leave A Reply

Your email address will not be published.