Division forest_Ads
Barista_Training

 प्रत्येक वर्ष मलको अभाव , मल नपाउँदा निराश किसान 

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । मानिसहरूको भिडभाड छ, मानौ त्यहाँ केही अनौठो केही भइरहेको छ  । यो भिड बाँसगढी नगरपालिका –७ रहेको सिलसिला सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड रासायनिक  मल लिन आउनेहरुको हो ।

त्यहीँ भिडभाडमा  बाँसगढी नगरपालिका – ७ का ३० वर्षीय शिव प्रसाद थारू पनि हुनुहुन्छ ।  उहाँको मल लिनका लागि लाइनमा बसेको धेरै बेर भएको छ । आवश्यकता अनुसारको मल नपाएपछि उहाँ निरास हुदै  एक बोरा मल लिएर फकिनु भएको छ । 

प्रत्येक वर्ष मलको समस्या भोग्दै आउनु भएको थारूले यसपटक पनि  आवश्यकता अनुसार मल पाउनु भएन । घन्टौँ लाइन लागेर एक बोरा मलको पैसा तिरेर एक बोरा मल लिनुभयो । र थारूले मन नपाएकोमा गुनासो सहकारीका कर्मचारीसँग गुनासो समेत गर्नु भयो ।  उहाँले भन्नुभयो, ‘ बर्दियालाई धानको उर्वर भूमि भनिन्छ , तर समयमा मल पाइँदैन । पाइहाले पनि चाहिए जति पाइदैन् ।  अनि कसरी किसानले धानको उत्पादन बढाउने ? देशलाई आत्मनिर्भर बनाउने ? देशको यो अवस्था देख्दा दिक्क लागेर आउँछ । कृषि प्रधान देशमा धानको अभाव यो भन्दा ठुलो मजाक के हुनसक्छ । ’

थारू जस्तै अर्का किसान गुलरिया नगरपालिका – १२ का ५८ वर्षीय सुकही रैदास  चार बिघाका धान खेती गर्दै आउनु भएको छ । उहाँलाई करिब १२ कुन्टल रासायनिक युरिया मलको आवश्यकता पर्ने गर्छ । तर अहिलेसम्ममा मल कहाँबाट ल्याउने हो , कुनै ढुङ्ग्रो छैन् । मल अभावले धानको उत्पादन घट्नेमा चिन्तित हुनुहुन्छरैदास भन्नुहुन्छ , ‘ सहकारीमा मल आएको थाहा नै हुदैन् । सहकारीमा सोध्न जाँदा मल आएर पनि वितरण भयो भन्ने जवाफ आउँछ । अब कहाँबाट मल ल्याउने भन्ने पीरले सताएको छ । चार किलोमिटरको दूरीमा रहेको भारतीय बजारमा मल छ । तर हाम्रो यता मलको अभाव छ । सरकारले किसानले समस्यालाई समाधान गर्न  नखोजेर होला, सायद प्रत्येक वर्ष मलको अभाव हुने ।’

त्यसैगरी मुख्य पेशा कृषि बनाएर जीवनयापन गरिरहेका बाँसगढी नगरपालिका –७ मा विजय थारू  साइकलमा दुई बोरा मल बोकेर हिँड्दै हुनुहुन्थ्यो । आफूलाई चाहिए जति मल नपाएकोमा निराश हुनुहुन्थ्यो । बल्ल बल्ल मल आयो त्यहीँ पनि आवश्यकता अनुसार युरिया मल नपाएको थारुले बताउनु भयो । उहाँले भन्नुभयो, ‘  समयमा पानी नपरेर प्रकृतिले ठगेको छ, त्यसमाथि समयमा मल नदिएर सरकारले ठगेको छ । किसानको भाग्यमा केवल ठगिन मात्र लेखेको रैछ । पहिला पहिला किसानहरुको लागि आवश्यक पर्ने प्राङ्घारिक मल पाइन्थ्यो, त्यसकारण रासायनिक मलको त्यति आवश्यकता हुन्थेन । अहिले प्राङ्घारिक मल पाईदैन्, रासायनिक मल नहालेर उत्पादन नै हुदैन् । 

Basgadhi PSA_final

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले बर्दिया ६३ हजार दुई सय ७६ हेक्टर जमीन कृषि योग्य जमिन रहेकोमा ५० हजार एक सय हेक्टरमा धान खेती गरेको जनाएको छ ।   धान खेतीको लागि डिएपी, पोटास , र युरिया आवश्यक पर्ने गरेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बागबानी प्राविधिक अधिकृत तीर्थ बहादुर खड्काले बताउनु भयो । उहाँले धान खेतीको लागि बर्दिया प्रतिकठा सात किलोग्राम युरिया मल आवश्यक पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ धान रोपेको २० दिन पछि युरिया मल हाल्दा उपयुक्त हुन्छ । गत आर्थिक वर्षमा औशध प्रतिहेक्टर तीन हजार सात ८० किलोग्राम उत्पादन भएको थियो । तर समयमा खेती गरेर, मल, सिचाँइ पुर्याउन सकेका अझै उत्पादन बढ्न सक्छ । ’ धान खेतिकोे लागि एक हजार ८१ मेक्टिकटन युरिया मलको आवश्यक पर्ने बागबानी प्राविधिक अधिकृत खड्काले जानकारी दिनुभयो । उहाँले  धानहरु जात अनुसार  एक सय ३० दिन देखि एक सय ५५÷६० दिनमा तयार हुने गरेको बताउनु भयो । 

नेपालको संविधान २०७१ को धारा (३७) मा खाद्य सम्बन्धी हकको उपधारा (३) प्रत्येक नागरिकलाई कानुन बमोजिक  हुने व्यवस्था गरेको छ । भने खाद्य सम्प्रभुताको हकलाई कार्यान्वयन गर्नका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन, २०७५को   दफा १३ को उपदफा (ख) मा खाद्य उत्पादनमा उन्नत प्रविधि, वातावरण मैत्री मल, बीउका विभिन्न प्रकार, जीवनाशक विषादि वा कृषि सामग्रीको दिगो प्रयोग  तथा पहुँचलाई विस्तार गर्ने भनिएको छ । तर किसानले समयमा मल पाउन सकेका छैनन् ।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय गुलरियाले  एक हजार ९३. ८५ मेटिक्टन मल वितरण गरिएको जनाएको छ । भने साल्ट टे«डिङ्घ कर्पोरेशन लिमिटेड डिपो कार्यालयका कार्यालय प्रमुख हेमन्त कार्कीले  एक हजार ६१. २० मेटिक्टन युरिया वितरण गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सात सय ६९ मेटिक्टन मल आइतबार आउने भएकोले पालिकाको सिफारिसमा सहकारीलाई दिएर सहकारी मार्फत वितरण गर्ने तयारी गरिएको छ । ’

नेपाल कृषि प्रधान देश हो । यहाँका मानिसको मुख्य पेशा कृषि हो भन्ने गरिन्छ, तर कृषीलाई मुख्य पेशा बनाएर काम गरेका किसानले समयमा मल नपाउदाँ अनेक समस्या भोग्नु परेको छ । कृषकका समस्या दिर्घकालिन रुपमा समाधान गर्न सरकारले  खासै ध्यान दिएको पाइदैन् । भने बर्दिया उत्पादनको दृष्टीकोणले उपयुक्त ठाँउ मानिन्छ । यहाँको मुख्य बाली धान, गहुँ, मकै, मसुरो, मास, लगायतको अन्न यहाँ उत्पादन हुन्छ । भने यहाँका केरा, माछा, तरकारी आँप लगायतका फलफूल तथा तरकारी उत्पादन हुन्छ । 


Leave A Reply

Your email address will not be published.