Division forest_Ads
Barista_Training

अखिल क्रान्तिकारीको इतिहास गौरवमयः पूर्व मन्त्री बस्नेत

Geruwa GIF

होमेन्द्र थापा, गुलरिया  नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का उपमहासचिव तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनको इतिहास निकै गौरवमय रहेको बताउनु भएको छ । अनेरास्ववियु ( क्रान्तिकारी ) को २३ औँ जिल्ला सम्मेलनमा  उहाँले सो कुरा बताउनु भएको हो । 

अनेरास्ववियु ( क्रान्तिकारी ) राजापुरका भएको जिल्ला सम्मेलनको उद्घाटनमा अखिल क्रान्तिकारीलाई देशका वामपन्थी विद्यार्थीहरूको प्रतिनिधि संस्था भएको भन्दै न्यायपूर्ण र सामाजिक न्यायमा आधारित समृद्ध समाजको स्थापना गर्ने सङ्गठनको दृष्टिकोण रहेको उपमहासचिव बस्नेतले बताउनु भयो । उहाँले अखिल क्रान्तिकारीको  पहिलो काम भनेको विद्यार्थीहरूको हकहित र अधिकारका लागि सङ्घर्ष गर्नु, र दोस्रो, देशको राजनीतिलाई जनपक्षीय र जनमुखी बनाउँदै देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो । 

Basgadhi PSA_final


उहाँले भन्नुभयो, ‘ विद्यार्थीहरूलाई किताब मात्र नभई नेपालको समग्र परिवेश बुझ्न जरुरी रहेको छ  ।  नेपालको इतिहास, वर्तमान स्थिति र भविष्यमा देशको दिशा कता जाँदैछ भन्ने कुरा बुझ्न आवश्यक रहेको छ । अहिलेको समय संविधानको कार्यान्वयन भइरहेको छ ।  नेपालको संविधान उत्कृष्ट रहेको र यसको कार्यान्वयनमा सबैले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक समेत रहेको छ । ’

उहाँले संविधान कार्यान्वयनमा सहयोग गर्न र जहाँ कमी छ, त्यहाँ खबरदारी गर्न विद्यार्थीहरूलाई आग्रह समेत गर्नु भयो । 

त्यसैगरी कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) की केन्द्रीय उपाध्यक्ष प्रवीना अधिकारीले शिक्षा क्षेत्र सुधारको लागि विद्यार्थीको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले देशको बदलिँदो परिस्थिति अनुसार शिक्षा प्रणालीलाई सुधार गरी देश निर्माणमा योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्न गरी सक्षम नागरिक बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

सम्मेलनको उद्‌घाटन सत्रमा केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश पूर्व सञ्चार मन्त्री तिलकराम शर्मा ( हिमाल ) सुदर्शन पुन, राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारू ( राजेश ) लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । भने सम्मेलनमा माओवादी केन्द्रका नेता तथा विद्यार्थी सङ्गठनका नेताहरूको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.