अंगद श्रेष्ठ
वि.सं.१७९९ सालमा गोरखाका राजा नरभुपाल शाहको मृत्यु पश्चात राजा पृथ्वीनारायण शाहले राज्य विस्तारको परिकल्पना सँगै एकीकरणको प्रयास शुरु गर्नु भएको थियो । राजा पृथ्वी नारायण शाहले जुनै उद्देश्यका साथ एकीकरणको सुरुवात गरेता पनि आज अविभाज्य राष्ट्रको रुपमा नेपाल देश रहेको छ । त्यती बेलाको समाज अशिक्षा, गरिबी, पछौटेपन, दासता, राजनैतिक, सामाजिक, आर्थिक र विविध खाले समस्याबाट जकडिएका थिए । दरवार भित्रको आपसी अविश्वास र चरम गुटवन्दी र आफ्ना अरौटे भरौटेहरूकाे भरमा सत्ता सञ्चालन गर्दाको परिणाम आफ्नाले आफ्नैलाई मृत्युको मुखसम्म पुर्याउने निकृष्ट खेलको कारण सत्ताको शक्ति चतुर जङ्गबहादुरले आफ्नो हातमा लिए । १०४ वर्ष सम्म राणाहरूको निरङ्कुश शासन चलिरह्यो । राणा शासनको अन्त्य गर्न राजनैतिक चेतना भएका गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्द जस्ता यूवाहरुले आफ्नो अमूल्य जीवनको बलिदानी गर्नु पर्यो । राणाहरूको अन्तहीन शासनको दियो निभाउन सचेत जनताहरू गोलबन्द हुन थाले । परिणामस्वरूप २००६ सालमा नेपाली काँग्रेसको स्थापना भएको थियो ।
जनताको मुक्ति र स्वतन्त्रताको लागि नेपाली काँग्रेसमा रहि राजनैतिक आन्दोलनमा होमिनु भएका शहीद गंगालालका भाइ पुष्पलालले नेपाली काँग्रेसबाट मात्र क्रान्ति सफल हुने नदेखेर काँग्रेस पार्टी परित्याग गरी दिल्ली गई स्वअध्ययनबाट अङ्ग्रेजीमा लेखिएको कम्युनिष्टको घोषणापत्रलाई नेपालीमा अनुवाद गरी पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलाश जोशी र मोतिदेवी श्रेष्ठ रहेको कमिटी गठन गरी नेपाल कम्युनिष्ट पार्टीको वि.सं.२००६ साल बैशाख १० गते (२२ अप्रिल १९४९) स्थापना गर्नु भएको थियो ।
नेपालमा कम्युनिष्टहरूले आजपर्यन्त देशको अखण्डता, सार्वभौमिकताको सुरक्षा, राष्ट्रियता र विभिन्नखाले निरङ्कुशताको विरुद्ध आन्दोलन, खबरदारी गर्दै आइरहेको छ । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी आज नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी (लेनिनवादी) पार्टीको रुपमा “सुखी नेपाली ः समृद्ध नेपाल” को सपनालाई साकार बनाउन दत्तचित्त भै लागिरहेको छ । यसै सन्दर्भमा नेकपा एमालेले २०७८ साल मङ्सीर १० देखि १४ गते सम्म चितवनको नारायणी नदीको तटमा विराट जनलहरको बीचमा १० औंं महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न सफल भएको तथ्य घाम जस्तै छर्लङ्गै छ । १० औं महाधिवेशन गरिरहँदा नेकपा एमाले त्यतिबेला अत्यन्त सङ्घर्षशील अवस्थाबाट गुज्रिरहेको थियो । वाह्य तथा भित्री शक्तिहरू नेकपा एमालेलाई कमजोर बनाउन हरेक प्रकारका दाउपेचहरु गरिरहेका थिए । त्यसको बावजुद न्यायप्रेमी जनताहरूको अपार स्नेह र ओजिलो साथ र सहयोगको परिणाम नारायणी तटलाई जनलहर उपस्थितिको एक अविस्मरणीय क्षण र एमाले प्रति दुराशय राख्नेहरुको लागि गतिलो जवाफ दिएका थिए जनताहरुले ।
त्यो ऐतिहासिक १० औं महाधिवेशनबाट पार्टीलाई एकतावद्ध बनाई शसक्त ढङ्गबाट नेपाली जनताको आधारभूत आवश्यकता र देशलाई समृद्ध बनाउने प्रतिवद्धताका साथ “दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं” भन्ने यथार्थवादी नाराका साथ पार्टीले नयाँ दिशा तय गरेको थियो । हाम्रो पार्टीको श्रद्धये अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको “सुखि नेपाली ः समृद्ध नेपाल” को नारालाई मुर्तरुप दिन हामी सबै एकतावद्ध भएर पार्टीको नीति विचार तथा मार्ग निर्देशक सिद्धान्तको आधारमा अगाडी बढनुको विकल्प छैन । यसर्थ, हाम्रो पार्टीले तय गरेको नारा (क्यिनबल) को भाव र अर्थलाई पनि बुझ्न जरुरी छ । नाराको भावार्थलाई बुझ्न सकिएन भनेपनि दक्षिणपन्थी अवसरवादको शिकार हुन सकिन्छ । संगठन भित्र अराजकता मौलाउन सक्छ । जबजको मुल भावलाई आत्मसात गर्न सक्यौ भने समाजवाद मार्फत “सुखि नेपाली ः समृद्ध नेपाल” को सपनालाई मुर्तरुप दिन सक्छौ । यसर्थ, नारा भित्र रहेका भावहरुलाई बुझ्न जरुरी छ ।
दक्षिणपन्थी अवसरवाद :
सरल भाषामा अवसरवाद भनेको छेपारो जस्तो प्रवृति भएको आफुलाई क्षणिक फाईदाको लागि पनि संगठनको विधि, नीति र सिद्धान्त विपरीत पिपल पाते व्यवहार प्रस्तुत गर्ने कार्यलाई बुझ्नु पर्छ । पार्टीको निर्देशन विपरीत परिणाम आउने गरी गरिने कार्य पनि अवसारवादको नमूना हो । द्वन्द्व संगठनको जीवनलाई चलायमान र सजिव बनाई राख्ने पद्धति हो । तर, व्यक्तिगत फाईदाको लागि गुट बनाई अन्तरद्वन्द्व सिर्जना गरि सांगठनिक अवस्थालाई कमजोर बनाउनु पनि अवसरवादको रुप हो ।
माक्र्सवाद निर्देशित गरेको पुँजीवाद विरुद्धको वर्गसंघर्ष लाई कमजोर बनाउने काम गर्छ, राज्यसत्तामा सर्वहारा श्रमजीवीको अधिनायकत्वलाई अस्वीकार गर्छ, समाजवाद स्थापना गर्न पूँजीवादी व्यवस्थालाई सुधार गरेर अगाडी बढ्न सकिन्छ भन्ने क्रान्तीको नियमलाई दक्षिणपन्थीहरुले अस्वीकार गछर्न, एक देशमा मात्र समाजवाद स्थापना हुन सक्दैन भन्ने विचारलाई स्थापित गर्न वैज्ञानिक समाजवाद स्थापनाको लागि मार्क्सवादी मान्यतालाई अस्वीकार गर्छन,लेनिनवादी संगठनात्मक सिद्धान्तलाई अस्वीकार गर्छन, संगठनको विधिलाई लत्याउदै पार्टीभित्र गुटवन्दी गर्दै अराजक शक्ति निर्माण गर्न उद्यत हुन्छन । सर्वहारा श्रमजीवी वर्गको क्रान्तीमा हुने महत्वपूर्ण भूमिकालाई दक्षिणपन्थीले निर्णायक मान्दैनन् । दक्षिणपन्थीहरु सधै ईतिहासलाई भजाएर खान चाहान्छन यिनीहरु कुनैपनि परिवर्तन वा क्रान्ति गर्न रुचाउदैनन् । उग्रराष्ट्रवाद, राष्ट्रवाद र नश्लवादमा विश्वास गर्छन । समयानुसार सामाजिक सुधार गर्न मान्दैनन् बरु, पुरानै मान्यताहरु लाई सहजताका साथ स्विकार गरेर वस्छन अर्थात यथास्थितीवादी हुन्छन । धर्मलाई राजनीतिसंग जोड्ने कोशिस गर्छन । दलित, आदिवासी र अल्पसंख्यकहरुको सुरक्षा तथा संरक्षण गर्ने कार्यमा ध्यान दिनै चाहान्नन् । निजी क्षेत्रलाई फाईदा पुर्याउनु, कर को विषयमा उदारभाव प्रस्तुत गर्नु, आप्रवासी नीतिको विरोघ गर्नु नै दक्षिणपन्थी अवसरवादको परिचय हो ।
संगठनात्मक अराजकता :
कम्युनिष्ट पार्टी लेनिनवादी संगठनात्क सिद्धान्तबाट परिचालित हुन्छन । हामी पनि यही सिद्धान्तलाई अवलम्वन गर्दै आईरहेका छौ । लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत गरिने कार्यहरु नै संगठनात्मक अराजकता भित्र पर्दछ । लेनिनले कम्युनिष्ट पार्टीको सदस्य बन्नको लागि क) पार्टीको नीति तथा कार्यक्रम मान्ने ख) पार्टीको निश्चित संगठनमा बसेर काम गर्ने ग) पार्टीलाई नियमित लेवि बुझाउने मापदण्डहरु निर्धारण गर्नु भएको थियो । सोही बमोजिम हामी सबै कम्युनिष्ट पार्टीको सदस्य बनेको तथ्यलाई स्मरण गर्नु पर्छ । पार्टी भित्र देखिएको संगठनात्मक अराजकता लाई निर्मम तरिकाले परास्त गर्न १० औं महाधिवेशनमा यो नारा तय गरेको थियो । पार्टीलाई विधि पद्धतिमा चलाउन र सांगठनिक अराजकतालाई नियन्त्रण गर्न लेनिनले क) जनवादी केन्द्रीयता ख) आलोचना तथा आत्मालोचना ग) नेतृत्व चुन्ने विधि लाई अवलम्वन गर्न जोड दिनु भएको थियो । लेनिनवादी संगठनात्मक सिद्धान्तले यि विषयहरुलाई कडाइका साथ पालना गर्नेमा जोड दिनुका साथै, कडा अनुशासनको रुपमा पनि हेर्ने गरिन्छ ।
जनवादी केन्द्रियता भनेको के हो भन्ने कुरा बुझ्न पनि अति नै जरुरी छ तव मात्र संगठनात्मक अराजकता लाई सरलताका साथ बुझ्न सकिन्छ । जनवादको अर्थ स्वतन्त्रता पनि हुन्छ । जनवादले आफ्नो राय विना रोकटोक राख्न पाउने, चित्त नबुझेको विषयमा तार्किक विरोध गर्न पाउने, पार्टीको निर्वाचनमा उम्मेदवार भई चुन्न र चुनिन पाउने अधिकार निश्चित गरिएको हुन्छ । जनवादी अधिकार विनाको संगठन दिशाहिन हुन सक्दछन । यसर्थ, यसको महत्वलाई सबैले आत्मसात गर्नु पर्दछ । अधिकार खोज्दा दायित्व निर्वाह गर्न पनि भुल्नु हुदैन । पार्टी भित्र स्वतन्त्रताको खोजी गरी राख्दा अनुशासनको पालना पनि अपरिहार्य हुन जान्छ । यसर्थ, केन्द्रियता भनेको अनुशासन पनि हो । जनवाद र केन्द्रियता वीच अन्योन्याश्रित सम्वन्ध रहन्छ । जनवादी केन्द्रियता भित्र ६ वटा विषय रहेको हुन्छ । १) व्यक्ति संगठनको अधिनस्थ हुन्छ २) अल्पमत बहुमतको अधिनस्थ हुन्छ ३) तल्लो कमिटी माथिल्लो कमिटी अधिनस्थ हुन्छ ४) पार्टीका सम्पूर्ण कमिटीहरु केन्द्रिय कमिटीको अधिनस्थ हुन्छ ५) केन्द्रिय कमिटी महाधिवेशनको अधिनस्थ हुन्छ ६) महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छ । यि सबै कुराहरु जतिकै आलोचना र आत्मालोचना लाई पनि त्यतिकै महत्व दिनु पर्दछ । विगतका दिनमा यस विषयलाई अत्यन्तै महत्वका साथ उठाईता पनि हाल यो विधिको प्रयोग शुन्य रहेकोले पार्टी भित्र सांगठनिक अराजकताले प्रश्रय पाएको छ भन्दा अतिशयोक्ती नहोला । यसर्थ, अविलम्व यो विधिलाई रचनात्मक तथा सुजनात्मक तरिकाबाट लागु गर्न आवश्यक देखिएको छ । लेनिनवादी संगठनात्मक सिद्धान्तलाई आत्मसात गरि राख्दा पार्टीलाई जीवन्त र पार्टीको नीति बमोजिमको दिशामा लैजान नेतृत्व चयनको लागि लेनिनले निम्न विधि निर्माण गर्नु भएको छ । क) ईमान्दारीता ख) सक्रियता ग) समर्पित भावना घ) रचनात्मक क्षमता वा कार्यदक्षता यिनै विधिबाट नेतृत्व चयन गर्दा पार्टीलाई व्यवस्थित, सबल र सक्षम बनाउन सकिन्छ । यि सबै कार्यको विपरीत गरिने कार्यलाई संगठनात्मक अराजकता हो भनेर बुझ्न सकिन्छ । अझै सरल भाषामा बुझने हो भने “घरका भेदी लंका ढाए” भन्ने उक्तीले पनि संगठनात्मक अराजकताको भाष्य लाई बुझ्न सकिन्छ
जबज ः माक्र्सवाद लेनिनवाद तथा जनताको बहुदलिय जनवाद नेकपा एमालेको मार्ग निर्देशक सिद्धान्त हो । जबजको सैद्धान्तिक आधार नै माक्र्सवाद र लेनिनवाद हो । समयसापेक्ष एक विशिष्ट अवस्थामा माक्र्सवादको सृजनात्मक प्रयोग नै जनताको बहुदलिय जनवाद हो । साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पूँजीवाद विरुद्ध गर्ने सशक्त कार्यक्रम नै जनवादी कार्यक्रम हो । जनताको बहुदलिय जनवादको आफ्नै मान्यताहरु सार्वभौम, धर्म निरपेक्ष, जनवादी गणतन्त्र घोषणा गर्ने, जनवादी राज्य सत्ता प्राप्त गर्नु, स्वतन्त्रता, मानव अधिकार र मौलिक हकअधिकारको प्रत्याभूति दिने, संविधानको सर्वोच्चता, कानूनको शासन, बहुदलिय प्रतिस्पर्धा, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष आदी जबजका राजनीतिक मान्यताहरु हुन । क्रान्तीकारी भूमिसुधार लागु गर्नु, जनवादी अर्थ व्यवस्था लागु गर्नु, सबैखालका पूँजीवाद, वैदेशिक एकाधिकारवाद र सामन्तवादको अन्त, शोषण, उत्पीडन र प्रभुत्ववादको अन्त्य गर्नु, जबजका अािर्थक पक्षहरु हुन । धार्मिक स्वतन्त्रता, समानता, महिला र पुरुषवीचको समानता, समान ज्यालाको व्यवस्था, जाती, भाषा र धर्मका आधारमा हुने भेदभावको अन्त्य र जातपात, छुवाछुत प्रथाको अन्त्य गर्ने । साम्राज्यवाद र विस्तारवादको विरोध आफ्नै देशको विशिष्टताको सिमामा रहेर गर्ने र सन्तुलित विदेश नीति लागु गर्ने जबजको गणात्मक पक्ष हो ।
जबजका १४ वटा विशेषताहरु रहेका छन् :
१) संविधानको सर्वोच्चता
२) बहुलवादी खुला समाज
३) शक्ती पृथकीकरणको सिद्धान्त
४) मानव अधिकारको रक्षा
५) बहुदलिय प्रतिस्पर्धा प्रणाली
६) आवधिक निर्वाचन
७) बहुमतको सरकार अल्पमतको विपक्ष
८) कानूनको शासन
९) जनताको जनवादी व्यवस्थाको सुढृढीकरण
१०) विदेशी पूँजी र प्रविधि
११) क्षतिपूर्ति
१२) विदेश नीति
१३) नेतृत्व र अधिनायकत्व
१४) जनताको बहुदलिय जनवाद ।
समाजवाद :
मानिसद्वारा मानिसको शोषणको विरुद्ध,श्रमिक जनताको शोषणको विरुद्ध दह्रो तरिकाले आवाज उठाउने विचारको रुप नै समाजवाद हो । समाजवाद भनेको त्यस्तो व्यवस्था हो जहाँ उत्पादनका साधनहरु माथि निजी अधिकार रहदैन बरु सामुहिक,साझा अधिकार रहेको हुन्छ र जहाँ कोही शोषक र शोषित रहदैनन् अथवा वर्गहरुको अस्तित्व रहदैन ।
देशको सम्पूर्ण आर्थिक स्वामित्व पूर्णरुपले सरकरमा निहित हुने अवस्था नै समाजवाद हो । जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यसप्रकारको आर्थिक राजनीतिक व्यवस्था अवलम्वन गर्ने देशलाई समाजवादी देश पनि भनिन्छ । स्वामित्व भन्नाले बस्तुको उत्पादन,नियन्त्रण र व्यवस्थापन पर्दछन । साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्बजनिक स्वामित्व र राज्यद्वारा संचालित स्वतन्त्र संस्थान जनाउदछ । स्वामित्वका प्रकारहरुमा समाजवादको निश्चित परिभाषाभित्र फरक फरक हुनसक्छन । समाजमा रहेको आर्थिक भिन्नतामा एकता ल्याउनु देशको सम्पूर्ण सम्पत्तिमा कसैको पनि एकाधिकार नभई सबैजना मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताका साधनमा व्यक्तिको नभई समाजको साझा अधिकार रहनु पर्छ भन्ने राजनीतिक सिद्धान्त नै समाजवादको परिभाषा हो ।
२०४६ सालको जनआन्दोलन सफल भएपछि प्राप्त गरेको नेपालको संविधान २०७२ को प्रस्तावनामा समाजवादप्रति प्रतिवद्ध रही उल्लेख गरिएको छ भने संविधानको भाग(१ को दफा.४ मा समाजवाद उन्मुख लेख्न सफल हुनु २०४६ सालको जनआन्दोलनको सफलता हो । दलाल नोकरशाहीको विरुद्ध देशको राष्टिूय पूँजीपतिलाई साथमा लिएर उद्योगधन्दाको विकास गर्दै आर्थिकरुपले सम्पन्न भएर समाजवाद लाई स्थापित गर्ने हाम्रो लक्ष्य हो ।