

प्रकाश पौडेल, बर्दिया । हेर्दा कसैले विश्वास गर्दैनन् । विद्यालय जाने उमेरमा अधिकांश बालबालिकाको दिनचर्या मोबाइल बनेको छ । तर मधुवन नगरपालिका –१ मा रहेको त्रिभुवन माध्यामिक विद्यालयका विद्यार्थीहरूको दैनिकी भने फरक छ ।
विद्यालय जाने आउने दैनिक काम जस्तै विद्यार्थीहरू नै वन्यजन्तुको संरक्षणको लागेको छन् भन्दा धेरैलाई अनौठो पनि लाग्न सक्छ । तर उनीहरु नयाँ मान्छेलाई वन्यजन्तुको बारेमा सजिलै बताउनु सक्छन् । यो विद्यार्थीले प्रत्यक्ष रुपमा सिकेको ज्ञान भएकोले पनि अरुलाई सजिलै बुझाउन सक्छन् ।
सिकाई लाई सधैँ कक्षाको मात्र सीमित राख्नु हुदैँन भन्ने मधुवन नगरपालिका –१ का पत्थरबोझीको आदित्य बिकले मान्यता रहेको छ । आफ्नो पढाईलाई कुनै असर नपर्ने गरी साँझ बिहानको समयमा बोटबिरुवा सिजनमा रोप्ने र रोपेको बोटबिरुवाको रेखदेख गर्ने कुनै मान्छेहरूसँग वन्यजन्तुको चराचुरुङ्गी संरक्षकको बारेमा बताउने आदित्य उमेरले सानो भएपनि एक परिपक्क व्यक्ति झै कुरा गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ , ‘ मेरो घरको आँगन, मैले खेल्ने चौर र बाटोबाट हात्ती, गैँडा बाघ, मृग, जरायो, रतुवा लगायतको जनावर सजिलै देख्न पाइन्छ । यो संसारको मान्छेको लागि अनौठो विषय हुन सक्छ । त्यसैले होला यहाँ धेरै पर्यटक हेर्न पनि आउँछन् । जसले गर्दा मेरो गाउँको परिचय फेरिएको छ । कयौँले रोजगारी पाउनु भएको छ । त्यसकारण पनि प्राकृतिक सम्पदाको महत्व बुझेका छौ । कतिपय विद्यार्थीले पढेको वा भिडियोको माध्यमबाट हेरेका जनावर हामी प्रत्यक्ष देख्न पाउँछौ । तर कहिलेकाँही जनावरले मान्छे मारेको खबर सुन्दा नराम्रो लाग्छ । ’ प्रकृति सबैको साझा घर हो भन्ने बुझ्न भएको आदित्य भन्नुहुन्छ, ‘ हप्ताका कहिलेकाँही ५÷६ पटकसम्म बाघ देख्छौ । यो एक साहसिक पल हो जस्तो लाग्छ । ’
त्यसैगरी इको क्लबमा सदस्य मञ्जु चौधरीले वन्यजन्तु संरक्षणमा जोडिएपछि वन्यजन्तु र प्रकृतीको महत्व बुझेको बताउनु हुन्छ । हिजोसम्म वन्यजन्तु, चराचुरुङ्गी, बोटबिरुवा सामान्य हुन भन्ने लाग्द्थ्यो । तर प्रकृतिमा मानिस बोटबिरुवा वन्यजन्तुको सम्बन्ध कस्तो हुन्छ भन्ने बुझ्न थालेको बताउनु भयो ।
उहाँले भन्नुभयो , ‘ वन्यजन्तु संरक्षणको अभियानमा जोडिए पछि विभिन्न कार्यक्रममा सहभागी हुन पाउँदा मेरो बोल्न सक्ने बानीको समेत बिकास भएको छ । भने बैठकहरु जादाँ धेरै कुरा सिक्ने अवसर पाएकी छु । वन बिनाको जिन्दगीको परिकल्पना पनि गर्न सकिदैन् भन्ने बुझ्न थालेपछि बृक्षारोपन गर्ने देखि लिएर वन्यजन्तुको संरक्षणमा लागेको छु । ’
संरक्षण युवा विद्यार्थीको भूमिका महत्वपूर्ण
बर्दिय राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक कुमार रामले चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानले वन्यजन्तुको संरक्षणमा महत्वपूर्ण योगदान रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ निकुञ्जभित्र चोरी किसार गर्ने आउने मान्छेलाई पक्राउ गर्ने अधिकार नभएपनि युवा परिचालन अभियानमा आवद्ध रहनु भएका युवा र बिद्यार्थीहरुकोे दिने सूचनाले चोरी सिकारको नियन्त्रणमा महत्वपूर्ण योगदान रहेको छ । ’
उहाँले समुदायले नै वन्यवजन्तुको चोरी सिकार नियन्त्रण र संरक्षणमा जोडिएको पनि वन्यजन्तुको संरक्षणमा समुदायको योगदान रहेको बताउनु भयो । निकुञ्जले युवा परिचालन अभियानलाई आर्थिक रुपमा कुनै सहयोग नगरे पनि युवाहरु संरक्षण अभियानमा जोडिएको कुरा सकात्मक रहेको बताउनु हुन्छ ।
आदित्य र मञ्जु झैँ मधुवन नगरपालिका १ की मेलिना पनि वन्यजन्तुको संरक्षणमा जोडिन पाउनु एक सुखद अनुभव भएको बताउनु हुन्छ । उहाँ भन्नुहन्छ, ‘पहिला कसैले नचिनेको मेरो गाउँको परिचय फेरिएको छ । त्यो वन्यजन्तुको सरक्षणको कारण नै हो । त्यसकारण पनि वन्यजन्तुको संरक्षण गर्नु जरुरी छ । वन्यजन्तुलाई संरक्षण गर्न सकेमा पर्यटकहरु हेर्न आउँछन् । आम्दानीको स्रोत बुद्धि हुन्छ । अनि हाम्रो जीवन चलाउन पनि सजिलो हुन्छ ।त्यसैले पनि वन्यजन्तुको संरक्षण गर्न जरुरी रहेको छ । बन जगंल वन्यजन्तुको घर हो । तर हामी उनीहरुको घरमा जाँदा आफ्नो सुरक्षाको लागि पनि वन्यजन्तुले आक्रमण गर्छ । त्यसकारण वन्यजन्तुको जानु हुदैन । ’

तीन हजार भन्दा बढी युवा संरक्षण अभियानमा
मध्यवती क्षेत्रका तीन हजार भन्दा बढी युवा चोरी सिकार नियन्त्रण परिचालन युवा अभियानमा आवद्ध रहेका पाइएको छ । निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा हुने चोरी सिकार नियन्त्रण र वन्यजन्तुको संरक्षण गर्नका लागि तीन हजार भन्दा बढी युवा चोरी सिकार नियन्त्रण परिचालन युवा अभियानमा आवद्ध रहेको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जभिञ एक सय २० वटा हात्ती, एक सय २५ बाघ र ३८ एकस्रिँगे गैडा, ९१ बाह्रसिगै र पाँच सय १३ प्रजातीको चरा लगाएका जनावर रहेको बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
वन्यजन्तु संरक्षण चोरी सिकार नियन्त्रण परिचालन युवा अभियान र विद्यालयमा रहेको इको क्लबको महत्वपूर्ण भूमिका रहेको संरक्षण अधिकृत पुरुषोतम वाग्ले बताउनु भयो । उहाँले भन्नुभयो , ‘ युवा परिचालन अभियान जस्तै बिद्यालयमा इको क्लब गठन गरिएको छ । इको क्लब आवद्ध रहनु भएको विद्यार्थी, शिक्षकलाई निकुञ्जले तालिम दिने गरेको छ । इको क्लबमा आवद्ध हुनु भएका विद्यार्थीहरू पनि संरक्षण लाग्नु भएको छ । निकुञ्जले पनि इको क्लबमा आवद्ध रहनु भएका विद्यार्थीलाई विभिन्न अवसरमा निकुञ्जमा समेत घुमाउने गरेको छ । ’
विद्यार्थीलाई वन्यजन्तुको बारेमा नजिकबाट बुझ्न र विद्यार्थीले नै संरक्षणको अभियानमा जोडिने विषय सकारात्मक भएको अधिकृत वाग्लेले बताउनु भयो । युवा र विद्यार्थीले संरक्षण गतिविधीका जोडिएकोले पनि पछिल्लो समयमा समुदाय समेत सकारात्मक बन्दै गरेको संरक्षण अधिकृत वाग्ले धारणा रहेको छ
सूर्यपटुवा उपसमितीका अध्यक्ष थारु सयुक्त गस्ती गर्ने गछौ
वन्यजन्तुको संरक्षणको लागि नेपाली सेना, निकुञ्जका वन रक्षक, युवा तथा विद्यार्थीले सयुक्त रुपमा गस्ती गर्ने गरेको पाइएको छ ।
सामुदायिक बनभित्र हुने अवैध गतिबिधी रोक्न ५० / ६० जनाको समुह बनाएर सयुक्त गस्ती गर्ने गरेको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान रहेको सूर्यपटुवा उपसमितीका अध्यक्ष गोबिन्द थारुले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ कहिलेकाँही इको क्लबका सदस्यलाई सामुदायिक वनमा गस्ती गर्न लैजाने गरेको छौ । जसले गर्दा बिद्यार्थीहरुले प्रत्यक्ष देखेर र भोगर पनि धेरै कुरा सिक्न सक्छन् । समुहमा हिड्ने भएकोले जोखिम हुदैँन् । बिद्यार्थीहरुले वन्यजन्तुको बानी व्यवहार बुझ्न सक्छन् । यात्रामा क्रममा फरक अनुभव पनि गर्ने भएकोेले पनि इको क्लबका विद्यार्थीलाई लैजाने गरिएको छ।
मानिस प्रकृतीसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा नै जोडिएको छ । तर प्राकृतिक सम्पदा अत्याधिक विनाले गर्दा पछिल्लो समयमा ठुला ठुला प्राकृतिक विपत्तीको मानिसहरुले सामान गरिरहनु परेको छ । प्रकृतिको बिनाश पनि गर्ने मानिसले नै हुन । तर विद्यार्थी जीवनबाट नै प्रकृतिको संरक्षण र प्रर्वद्धनमा जोडिएको आदित्य, मन्ञु र मेलिना जस्ता विद्यार्थीहरुले प्रकृतिको संरक्षणमा गरेको योगदान अमूल्य छ । विद्यार्थीहरू नै संरक्षण जोडिएको विषय संसार कयौँ देशका लागि नयाँ र नबिन हुन सक्छ ।