Division forest_Ads
Barista_Training

 स्थानीय तहमा जनसङ्गठन निर्माणका लागि अभिभुखिकरण कार्यक्रम सञ्चालन

Geruwa GIF


बर्दिया । नेकपा एमाले बर्दियाले स्थानीय तहमा जनसङ्गठन निर्माण र सुदृढीकरण सम्बन्धी जिल्ला स्तरीय अभिभुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय तहमा जनसङ्गठन निर्माण र परिचालनका लागि नेकपा एमाले पालिका कमिटीका अध्यक्ष र सचिव, जनसङ्गठनका इन्चार्ज र सहइन्चार्ज, जनसङ्गठनका  केन्द्रिय सदस्य, प्रदेश सदस्य जिल्ला स्तरका जनसङ्गठनका पदाधिकारी लगाएतकालाई प्रशिक्षण दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । 


कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य, जनसङ्गठन समन्वय संयन्त्र प्रमुख एवं पूर्व मन्त्री भानुभक्त ढकालले पालिका तहमा जनसङ्गठन विस्तारको महत्वका विषयमा प्रशिक्षण दिनु भएको छ ।  प्रशिक्षणको क्रममा प्रमुख अतिथि ढकालले जनवर्गीय सङ्गठनले जनता र पार्टी बिचको पुलको काम गर्ने बताउँदै जनवर्गीय सङ्गठनले काम नगरेमा पार्टी नयाँ ठाउँमा नपुग्ने बताउनु भयो । उहाँले जनवर्गीय सङ्गठन अध्याँरोको बत्ती भएको उल्लेख गर्दै पार्टी निर्माण गर्दै जनवर्गीय सङ्गठनले पार्टीको नेता तयार गर्ने बताउनु भयो । पार्टी निर्माणका लागि मूल पार्टी र जनवर्गीय सङ्गठन मिलेर काम गर्नु पर्ने उहाँले बताउनु भयो ।

Basgadhi PSA_final


त्यसैगरी नेकपा एमाले जनंसगठन निर्माणमा पार्टी र तोकिएका इन्चार्ज र सह इन्चार्ज को भूमिकाको विषयमा नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले प्रशिक्षण दिनु भएको छ । त्यसैगरी नेकपा एमालेका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवाली १० औँ राष्ट्रिय महाधिवेशनको कार्यदिशा र कार्यभारको बारेमा प्रशिक्षण दिनु भएको छ । 


नेकपा एमाले जिल्ला कमिटी बर्दियाका अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्यहरू शोभा ज्ञवाली, खड्क बहादुर खड्का, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, उपसचिव लिला राना, नेकपा एमाले जिल्ला कमिटी बर्दियाका निर्वतमान अध्यक्ष लालबहादुर श्रेष्ठ लगाएतकाको उपस्थिति रहेको थियो । 

अभिभुखिकरण कार्यक्रममा जनसङ्गठनका केन्द्रिय कमिटी सदस्यहरू, जिल्ला जनसङ्गठनका इन्चार्ज र सहइन्चार्ज, जनसङ्गठनका जिल्ला पदाधिकारी र नेकपा एमाले पालिका कमिटीका अध्यक्ष र सचिव गरी एक सय ७० जना सहभागी रहेको नेकपा एमाले बर्दियाका प्रचार विभाग प्रमुख झपिन्द्र कुमार खत्रीले जानकारी दिनुभयो । 

Leave A Reply

Your email address will not be published.