Division forest_Ads
Edu_Barabardiya

शिक्षक माथि यौन दुर्व्यवहार गरेको आरोप

Bidhut Notice
Geruwa GIF

 

यज्ञप्रसाद सापकोटा
बर्दिया
बर्दियामा एक शिक्षकले आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । मधुवन नगरपालिका अन्र्तगत पर्ने एक विद्यालयमा अध्ययनरत १५ बर्षिय एक बालिकाले आँफुमाथी यौन दुर्व्यवहार भएको आरोप लगाएकी छन् ।

Basgadhi PSA_final

शिक्षकले करिब ६ बजे विहान ट्युसन क्लास पढाउन भन्दा अगाडी यौनदुर्व्यवहार गरेको आरोप लगाएकी छन् । गत पुस २५ गते आइतबार कक्षाकोठा बाहिर विद्यालयमा राहत कोटामा कार्यरत शिक्षक नरेश मल्लले यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बताईन् । उनले गलत मनासयले मास्क खोल्न लगाएर गलत व्यावहार गरेको आरोप लगाएकी छन् ।

यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले घटनाको बारेमा प्रारम्भिक अनुसन्धान थालेको छ । पीडितबालिका र आमालाई जिल्ला प्रहरी कार्यालय अन्र्तगतको महिला सेलमा राखी घटनाको बारेमा सोधखोज गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक इश्वर कार्कीले घटना भएको हो वा होईन भन्ने बारेमा प्रारम्भिक अनुसन्धान गरीरहेको बताए । उनले भने घटनाको बारेमा जानकारी आएको कारणले पीडित पक्षसँग काउन्सीलिङ्ग गरी बुझ्दै छौ । कानुन विपरीत घटना भएको खुल्न आएमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडी बढाउँछौँ ।’
१५ वर्षिय छात्राले बुधबार बिहान ताराताल प्रहरी चौकिमा निबेदन दिएकी थिइन । तर चर्को दबाव पछि उक्त निवेदन बिहानै पीडित बालिकाको आमाले फिर्ता लिएको स्रोतले जनाएको छ ।

कक्षा कोठा बाहिर यौन दुर्व्यवहार भएको आरोप लागेको हुनाले शिक्षकको गलत नियत भएको हुन सक्ने एक स्रोतले बतायो । स्रोतका अनुसार अभिभावक र विद्यार्थीबाट गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेको छ । विद्यालय व्यवस्थापन समितिमा आरोप लगाईएका शिक्षकको भने उपस्थीती भएन ।
विद्यालयकी प्रधानाध्यापक एलिजा जिसीले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सम्बन्धीत शिक्षकलाई स्पष्टिकरण सोधिएको बताईन् । २४ घण्टा भित्र स्पष्टिकरण नआएमा विद्यालयले गर्न सक्ने कारवाही गर्ने उनको भनाई छ । हाल आरोपीत शिक्षक विद्यालयको सम्पर्कमा नआएको उनले बताईन् । विद्यार्थी र अभिभावकले गुनासो गरेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेको थियो ।

Leave A Reply

Your email address will not be published.