

कृष्णसार अनलाइन । नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा थापा निर्वाचित हुनु भएको छ । नेपाल निजामती कर्मचारी युनियनको ९ औं अधिवेशनबाट अध्यक्षमा दीपक थापा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
माघ १७ गते गुलरियामा रहेको जिल्ला समन्वय समिति बर्दियाको सभा हल युनियनको ९ औँ जिल्ला सम्मेलन भएको थियो । अधिवेशनले खुला उपाध्यक्षमा विजय कुमार धामी, महिला उपाध्यक्षमा छाया पछाई, समावेशी उपाध्यक्षमा वासुदेव थारू, सचिव पदमा रणबहादुर रावत, सहसचिव पदमा सुनिल थारु , कोषाध्यक्ष पदमा सजीव रेग्मी सर्वसम्मतले निर्वाचित भएको निर्वाचन अधिकृत माधवराज ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी सदस्य पदमा ऋषिराज शर्मा, बलबहादुर खत्री, उमेशबहादुर शाही, रविन्द्र न्यौपाने, राम बहादुर कार्की, कालिराम थारु , पन्न ऐडी, पार्वती पण्डित, पार्वती पौडेल, बृजबहादुर थारू र चक्रपाणि चौधरी निर्विरोध निर्वाचित हुनु भएको छ ।
नेपाल निजामती कर्मचारी युनियन महाधिवेसन प्रतिनिधिहरूका राजेन्द्र प्रसाद सुवेदी, काशिराम गौतम, विरेन्द्र रावत, दीपक गौतम र नैनसरा वली सर्वसम्मत निर्वाचित हुनु भएको छ । प्रदेश अधिवेशन प्रतिनिधिका लागि विष्णु प्रसाद ज्ञवाली, देवेन्द्र प्रसाद चौलागाईँ, नारायण प्रसाद खनाल, सरोज पौडेल, र गीता घिमिरे सर्वसम्मत निर्वाचित हुनु भएको छ ।