

कृष्णसार अनलाइन । बर्दियाको बढैयाताल गाउँपालिका – ८ पशुपति बजारमा रहेको पशुपति शिवालय सुदामा वृद्ध सत्संगमा पोखरा थन्डर्स क्लबले सहयोग गरेको छ । सुदामा वृद्ध सत्संगमा पोखरा थन्डर्स क्लबले खाद्यान्न सामग्रीसहित लत्ता कपडा सहयोग गरेको छ ।
क्लबले मङ्गलबार एक कार्यक्रम गरी चामल , नुन, तेल, दाल, स्वाविन लगायत खाद्यान्न सामाग्री तथा कर्पोट,१५ सेट बेडको सेट सहयोग गरेको थियो । सुदामा वृद्ध सत्संगमा नियमित ३५ देखि ४० जना वृद्धवृद्धा बस्दै आएका छन् । भने शनिवार एकादशी लगायतका चाडपर्वको अवसरमा सुदामा वृद्ध सत्संगमा भजन कृतनका लागि करिब ३ सय जना ज्येष्ठ जम्मा हुने गरेको छ ।
निर्माण व्यवसायी सङ्घका महासचिव जगदिश अधिकारीले पोखरा थन्डर्स क्लबसँग समन्वय गरेर खाद्यान्न र लत्ता कपडा हस्तान्तरण गरिएको बताउनु भयो । उहाँले भन्नुभयो,‘ पोखरा थण्डर्स क्लबले यस अघि पनि सहयोग गर्दै आएको रहेको छ । यस पटक भने सुदामा वृद्ध सत्संगमा सहयोग गरेको छ ।

सुदामा वृद्ध सत्संग रहनु भएका ज्येष्ठ नागरिकलाई सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको थन्डर्स क्लबका प्रशिक्षक जनक केसीले बताउनु । उहाँले भन्नुभयो, ‘ पोखरा थण्डर्स क्लब साथीहरूले सहयोग जुटाएर सहयोग गर्दै आएको छ । सत्संगमा आएर सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ ।’
पत्रकार महासङ्घका अध्यक्ष निर्मल घिमिरेले युवाहरूले समाजमा रहेको समस्यामा परेकालाई सहयोग गरेर पुण्यको काम गरेको बताउनु भयो । उहाँले यस्ता समाजसेवीमा युवाको सहयोगले समाजमा सकारात्मक सन्देश दिने जानकारी दिनुभयो ।
थन्डर्स क्लबले सुदामा वृद्ध सत्संगमा करिब दुई लाख रकम बराबरको सहयोग गरेको छ ।