bardiyahospital

प्रधानमन्त्री ओली संसदमा जवाफ दिन तयार, बैठकको कार्यसूची सार्वजनिक

Geruwa GIF

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने तयारी गरेका छन्। हालै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध गरिरहेका छन्। त्यसै विषयमा स्पष्टीकरण दिन प्रधानमन्त्री ओली संसदमा उपस्थित हुँदैछन्।

प्रधानमन्त्रीको सम्बोधनले लामो समयदेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्ने अपेक्षा गरिएको छ। यसअघि शुक्रबार सभामुख देवराज घिमिरेको पहलमा सत्ता पक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने सहमति भएको थियो।

cld

बैठकको कार्यसूची र विधेयकहरू

संसद सचिवालयका अनुसार आजको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरू छलफल र पारित गरिने कार्यसूची रहेको छ।

१. बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०

  • राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।
  1. जलस्रोत विधेयक, २०८१
    • पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले प्रतिवेदन प्रस्तुत गर्नेछन्।
  2. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१
    • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले प्रतिवेदन प्रस्तुत गर्नेछन्।
  3. मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१
    • महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले संसदमा प्रस्ताव पेश गर्नेछन्।
  4. नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१
    • कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
  5. नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१
    • गृहमन्त्री रमेश लेखकले समितिमा पठाउन प्रस्ताव पेश गर्नेछन्।
  6. निकासी पैठारी (नियमन) विधेयक, २०८१
    • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समितिमा पठाउन प्रस्ताव गर्नेछन्।
  7. नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१
    • ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले समितिमा पठाउन प्रस्ताव गर्नेछन्।
  8. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) विधेयक, २०७९
    • प्रधानमन्त्री ओलीले प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रिय सभा बैठकको कार्यसूची

त्यस्तै, राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्नेछ।

  1. सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विधेयक, २०८१
    • प्रधानमन्त्री ओलीले छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
  2. सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१
    • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्ताव पेश गर्नेछन्।
  3. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१
    • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्ताव पेश गर्नेछन्।
  4. निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१
    • निजीकरण प्रक्रियालाई व्यवस्थित गर्न आवश्यक संशोधन गरिने प्रस्ताव पेश गरिनेछ।
  5. आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी विधेयक, २०८१
    • मुलुकको लगानी वातावरण सुधार गर्ने उद्देश्यसहित छलफल गरिनेछ।

प्रधानमन्त्री ओलीको सम्बोधनपछि संसद अवरोध हट्ने अपेक्षा गरिएको छ। विपक्षी दलहरूले ओलीको जवाफको आधारमा आफ्नो आगामी रणनीति तय गर्ने बताइरहेका छन्। आजको बैठकपछि संसदको नियमित कार्यसूची सुचारु हुने आशा गरिएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.