bardiyahospital

चरा घटे, खेतबारीमा किराफट्याङ्ग्रा बढे

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा चराहरूको सङ्ख्या कम हुँदै गएपछि किसानहरू चिन्तित बन्दै गएका छन्  । किसानका साथीका रुपमा रहेका चराहरूको सङ्ख्या कम हुँदै गएपछि किसानहरू चिन्तित बन्दै गएका हुन । 

चराले खेतबारीमा पाइने किराफट्याङ्ग्रा, मुसा, धमिरा खाने भएकोले चराले कृषि उत्पादनलाई बढाउन मदत गर्छ । तर पछिल्लो समय मानवीय गतिविधिका कारण चराको सङ्ख्या घट्दै गएपछि किसान चिन्तित बन्दै गएको छन् । गुलरिया नगरपालिका –४ का ७२ वर्षीय किसान कालु थारूले विगतको वर्षमा तुलनामा चरा धेरै कम भएको बताउनु भयो । ‘ म सानो छर्दा घर वरिपरि, खेतबारीका धेरै चरा देख्न पाइन्थ्यो । तर अहिले पहिला झैँ चरा पाइने छोडेको छ ।’ उहाँले भन्नुभयो ,‘ २० वर्ष अगाडि हलो जोत्दा होस वा धान गहुँका जाँदा होस खेतबारी टन्न चरा आउने गर्दथे । खेतबारी पाइने धमिरा, कमिला, लगायतका किराफट्याङ्ग्रा खान्थे । तर अहिले खेतमा चरा देख्न पाइदैन् । पहिला चरा आएर खाने कीरा मार्न मार्न विषादीको प्रयोग गर्नु गरेको छ ।’  

cld

चीनमा जनक्रान्ति सफल जनवादी गणतन्त्र चीनले दोस्रो पञ्चवर्षीय योजना सन् (१९५८–१९६२ ) सार्वजनिक गरेको थियो  । पञ्च वर्षीय योजना अनुसार माओले  ‘द ग्रेट लिप फर्वार्ड’ अभियान सुरु गरे ।  चीनमा धमाधम भँगेरा मार्न थालियो, त्यहाँ लाखौँ भँगेरा मारियो । भँगेरा मरेपछि  खेतमा किराफट्याङ्ग्राको सङ्ख्या बढ्यो । प्राकृतिक सिकारी भँगेरा मारिएपछि किराफट्याङ्ग्रा बढ्यो ।  किराफट्याङ्ग्रा खेतबारी अन्न बाली खान थालेपछी कृषि उत्पादन झनै घट्यो । चिनियाँ सरकारको गलत निर्णयले  सन्  १९५९ देखि १९६१ सम्म चीनमा भोकमरी भयो । र भोकमरीबाट तीन करोडभन्दा बढी मानिस भोकमरीले मरेको अनुमान गरिन्छ । भँगेराले अन्न बाली मात्र नभएर खेतबारीमा लाग्ने किराफट्याङ्ग्रा समेत खान्छ भन्ने ज्ञान नहुँदा चीनले ठूलो सङ्कट भोग्नु पर्यो । जैविक विविधताको महत्व बुझेपछि चीनमा भँगेराको सङ्ख्या बढाउन सोभियत सङ्घ लगायतका देशबाट भँगेरा आयात गरि भँगेरा संरक्षण समेत गरेको थियो ।  

चराको सङ्ख्या घट्दै गएपछि खेतबारीका किराफट्याङ्ग्रा, बढ्यो 

चराको सङ्ख्या घट्दै गएपछि किराफट्याङ्ग्रा बढ्दै गएको छ । । राजापुर नगरपालिका –७ भिम्मापुरका ४७ वर्षीय पहाडी थारूले चराको सङ्ख्या घट्दै गएपछि किराफट्याङ्ग्रा बढ्दै गएको बताउनु भयो । 

विगत वर्षमा सजिलै पाइने चरा अहिले छिटपुट रुपमा मात्र पाइने गरेका थारूले बताउनु भयो । । उहाँले भन्नुभयो , ‘ पहिला जस्ता बालबालिकाहरू गुलेली लिएर चरा मार्न गएको पाइदैन् , तर चराका सङ्ख्या घट्दै गएको छ । भने अर्को खेतबारी लाग्ने किराफट्याङ्ग्रा बढ्दै गएको छ । खेतबारीका विषादी प्रयोग गर्न थालेपछी नै चराको सङ्ख्या घटेको हो । पहिला जति मात्रा विषादी प्रयोग गरेर किराफट्याङ्ग्रा मर्ने गद्थ्यो , अहिले त्यती मात्रा पुग्दैन् । खेतबारीमा प्रयोग भएका विषादीले चरा मरेर चराको सङ्ख्या कम हुँदै हो ।’

 चराहरुको प्रजाती बढेपनि सङ्ख्या घटिरहेको छ– शाही 

पछिल्लो समय नेपालमा पाइने चराको प्रजाती बढेपनि  चराको सङ्ख्या घट्दै गएको छ । चराको सङ्ख्या घट्दै गएकोमा पन्छीविज्ञहरु चिन्तित बन्दै गएका छन् । 

बर्दियामा विगत २६ वर्षदेखि निरन्तर रुपमा जलपन्छी तथा हिउँदे आगन्तुक चरा गणना गर्दै आएका नेपाल पक्षीविद् संघका केन्द्रीय सदस्य चराविज्ञ एवं पानी चरा गणना बर्दिया संयोजक रामबहादुर  शाहीले विगत वर्षमा भन्दा पहिले चराहरुकको सङ्ख्या घट्दै जानु चिन्ताको बिषय भएको बताउनु भयो । ‘ मानवीय गतिविधीका कारण पनि चरा घट्दै भइरहेको  छ ।’ उनले भने,‘ चालु आर्थिक २०८१÷०८२ को हिउँदमा ९३ प्रजातिका ३ हजार ८८९ जलपक्षी गणना गरिएको छ । आर्थिक २०८०÷०८१ मा ९० प्रजातिका ३ हजार २०४ जलपक्षी गणना गरिएको थियो भने २०७९÷०८० मा ९४ प्रजातिका २ हजार १२६ जलपक्षी गणना गरिएको छ । ’दुई वर्ष यता हिउँदे आगन्तुक चराको सङ्ख्या बढेपनि अन्य चराकोे सङ्ख्या घटेको शाहीले जानकारी दिनुभयो । 

नेपालमा ८ सय ९७ प्रजातीको चरा पाइन्छ , भने बर्दियामा मात्र ५ सय १३ प्रजातिको चरा फेला परेको तंथ्याक बर्दिया राष्ट्रिय निकुञ्जसँग रहेको छ । तर पछिल्लो समय जलवायू परिवर्तन, चराको प्राकृतिक बासस्थानको बिनाश आहाराको कमी, र विषादीको बढ्दो प्रयोगले , डिजेबाजा, र पर्यावरणमा परेको असरका कारण चराको बासस्थान संकटमा पर्दै गएकोले चराको सङ्ख्या घटिरहेको शाहीले बताए

‘पछिल्लो समयमा भइरहेको विकास निर्माण वातावरण मैत्री हुन नसक्दा चराहरूको बासस्थान संकटमा परेको, नदीले धार परिवर्तन गर्ने, बिजुलीका तारहरूले चराहरू संकटमा पार्दै गइरहेको छन्  । खेतबारीमा पाइने किराफट्याङ्ग्रालाई मैला, चिबे, ठेउला, धोबिनी लाचे मुरली जस्ता चराले खाने भएकोले चरा किसानका साथी हुन । भने एउटा उल्लुले आफ्नो बच्चा हुकाउन चार महिना महिनामा २ हजार देखि ३ हजार मुसा मार्ने गर्छ । चराको महत्व नबुझ्दा धेरैले चरालाई  शत्रुका रुपमा लिने गर्छन् , तर किसानको साथीको हो भनेर बुझाउन जरुरी रहेको छ ।’ उहाँले भन्नुभयो , ‘चराको संरक्षण गरे खेतबारीमा लाग्ने किराफट्याङ्ग्रा मार्न विषादीको प्रयोग गर्नु पदैन्  । त्यसैले चराको महत्वका बारेमा सबैलाई बताउन जरुरी रहेको छ ।’

चराले किराफट्याङ्ग्रा खाएर तथा पराग सेचन गरेर किसानलाई सहयोग गर्छ – पौड्याल  

चराले किराफट्याङ्ग्रा खाएर तथा पराग सेचन गरेर किसानलाई सहयोग गर्ने गरेको नेपाल पन्छीविद संघका कार्यकारी निर्देशक लक्ष्मण पौड्यालले बताउनु भयो । 

परापुर्वकालबाट मानिस र चरासँगसँगै बस्दै आएको पाइन्छ । घडीको आविष्किार नहँुदा समेत चराको चिरबीर र कुखुराको डाँकसँगसँगै मानिसहरु उठ्ने् गर्दथे । काफल पाकेको संकेत इयिनन कुकु( काफल पाक्यो ) चरीले गर्दछ । कर्याङकुरुङ चरा बसाईसराई गरेर आउँदा तरकारी लगाउने समय भइको मानिसले थाहा पाउने गर्दथ्यो ।  यसरी जानेर वा नजानेर मानिसले चराबाट धेरै ज्ञान आर्जन गरेको छ । भने कृषि उत्पादन बढाउन समेत चराले मदत गरेको छ ।

पन्छीविद संघका कार्यकारी निर्देशक पौड्यालले चराले खेतबारी लाग्ने किराफट्याङ्ग्रा खाने, खेतबारीमा पराग सेचन गर्न सहयोग गर्ने, एक ठाउँमा पाइने बोटबिरुवा अर्को ठाउँमा लैजान पनि चराले मदत गर्ने गरेको व्यवहारमा देखेर र पढेर थाहा पाएको बताउनु भयो ।  ‘ कतिपय बिरुवाहरु चराले आएर दिशा गरेपछि मात्र उँमिने गर्छ ।’ उहाँले भन्नुभयो  ,‘ चराले खेतबारी किराफट्याङ्ग्रा, माछा खान जाँदा किराले किचेर वा झाँरपात खाएर समेत गोडमेल गरिदिने गरेको पाइन्छ । समुदायमा चराको बारेमा बुझाउन सक्ने हो भने मात्र पनि बिपादीको प्रयोग कम गर्न सकिन्छ ।’

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.