bardiyahospital

अनेरास्ववियु बर्दियाको अध्यक्षमा भण्डारी, यी हुन् नयाँ पदाधिकारी [सूचीसहित]

Geruwa GIF

बर्दिया (गुलरिया) । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बर्दियाको आज सम्पन्न १९ औ सम्मेलनले मदन भण्डारीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ ।
सम्मेलनले उपाध्यक्षमा छबिलाल लम्साल, सचिवमा लक्ष्मण सिग्देल, सह–सचिबमा गंगा न्यौपाने, भुपेन्द्र बि सी, इन्द्रा जैसी र कोषाध्यक्षमा विमल सुबेदीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

cld

सम्मेलनलाई संवोधन गर्दै अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले विद्यार्थी सङ्गठनले समयानुकुल काम गर्ने शैली परिवर्तन गर्दै विद्यार्थीहरुको भूमिका र कार्यशैली बदल्नुपर्ने बताउनुभयो । पछिल्ला दिनमा राष्ट्रिय राजनीतिमा देखा परेका उतार चढावलाई चिरेर विद्यार्थी सङ्गठनलाई विद्यार्थीको हक हित र एमालेको पक्षमा व्यवस्थित तरिकाले लाग्न निर्देशन दिनुभयो ।

१९ औँ सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु लक्ष्मणराज ज्ञवाली, भिम के.सी, अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष झापिन्द्र खत्री, नेकपा एमाले बर्दियाका सचिव पदम ढकाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


नव निर्वाचित जिल्ला कमिटीलाई अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष झपिन्द्र खत्रीले सपथ ग्रहण गराउनु भएको थियो ।
१९ औँ जिल्ला सम्मेलनबाट निर्वाचित अध्यक्ष मदन भण्डारीले विद्यार्थी संगठनको मुख्य कार्यक्षेत्र शैक्षिक संघसंस्था रहेको हुँदा त्यहाँ देखिने समस्यालाई आफूहरुले उजागर गर्ने र समयानुकुल शिक्षा प्रणालीको लागि सदैव वकालत गर्ने बताउनु भयो ।

यस्तो छ अनेरास्ववियुको नयाँ नेतृत्व

अध्यक्ष– मदन भण्डारी

उपाध्यक्ष-छबिलाल लम्साल

सचिव – लक्ष्मण सिग्देल,

सह–सचिब – गंगा न्यौपाने,

भुपेन्द्र बि सी,

इन्द्रा जैसी

कोषाध्यक्ष – विमल सुबेदी

सदस्यहरु

राज निशान थारु,

बिसाल बस्नेत,

कृतिनाथ गोडिया,
सुजाता सिँखडा,
प्रतिक्षा रिजाल,
ठाकुर प्रसाद तिवारी,
बिवश सिग्देल,
बिनिता शर्मा,
दिपक सोनी,
लक्ष्मी क्षेत्री,
हरिकला अधिकारी,
बिनोद भुषाल,
नितेश पौडेल,
प्रताप नेपाली,
शुभम् भण्डारी,
टोप बहादुर शाही,
नबिन गड्तौला,
धनषरा आचार्य,
महेश महतरा,
कमला न्यौपाने,
बिबेक ढकाल,
निरुता के सी,
सागर खत्री,
प्रशान्त काफ्ले,
लक्ष्मी प्रसाद न्यौपाने,
सुमित्रा विष्ट,
तारा साउँद,
प्रदीप खड्का, र
प्रविण चौधरी
online dubble sclaed
Leave A Reply

Your email address will not be published.