
प्रकाश पौडेल । साँझ बिहान खेतमा काम गरिरहेको अवस्थामा भेटिनु हुन्छ, मधुवन नगरपालिका –१ डल्लाका ४३ वर्षीय पदम थारू । उहाँले कृषिलाई मुख्य पेशा बनाएर काम गरिरहेको पनि वर्षौ भयो । यहीँ कृषि कर्मले गर्दा उहाँलाई देश छोडेर बाहिर जानु परेन । कृषि कर्मले उहाँलाई घरमा रोक्यो । र आफ्नो परिवारको साथमा बस्ने अवसर समेत प्राप्त भयो ।
दुर्गा सामुदायिक वनसँग जोडिएको ९ कठ्ठा जग्गामा थारूले धान, तोरी, मकै र तरकारी खेती गर्दै आउनु भएको छ । यसरी खेती गर्न थालेको करिब १५ वर्ष भयो, खेतीबाट वार्षिक ४ लाख आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ कृषिलाई मुख्य पेशा बनाएर काम गरे । खेती गर्दा पहिला सिँचाइको समस्या हुने गद्थ्यो । खेतीका लागि पानीको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ताले सताइ रहन्थ्यो । तर अहिले सम्वर्धन परियोजनाले स्यालो ट्युब वेल सिँचाइ जडान गरिदिए पछि सिँचाइको लागि पानीको अभाव भएको छैन्। , जसले गर्दा अब खेतबारी अन्य तथा तरकारी राम्रो उत्पादन गर्नु सक्छु । परियोजनाले हाम्रो समस्याको पहिचान गरेर सोही अनुसारको सहयोग गरेको छ । स्यालो ट्युब सिँचाइले मजस्तै अरु १३ घरधुरीले पनि सिँचाइ गर्न गर्न पाएका छन् । वर्षौदेखि भोग्दै आएको पानीको समस्या अब भोग्नु पर्दैन् । परियोजनाले गरेको सहयोग खुसी छु । परियोजनाले सिँचाइ लागि मोटर जडान गरिदिनुको साथै जैविक विविधता संरक्षणको महत्व पनि बुझाएको छ ।’
पछिल्लो मानवीय गतिविधिका कारण विश्वमा भइरहेको प्राकृतिक सम्पदाको विनाशले गर्दा जैविक विविधतामा ह्रास आएर जलवायुका समेत असर परेको छ । आम मानिसलाई प्राकृतिक सम्पदा संरक्षण विनाशले गर्दा परेका असरको बारेका बुझाउन नसक्दा यसले भविष्यमा अझै भयावह अवस्था आउन सक्छ ।पृथ्वीमा भइरहेको तापक्रम वृद्धि , भु–कम्प, बाढीपहिरो, अतिवृष्टि अनावृष्टि, पानीको मुहान सुक्ने, हिमताल फुट्ने समस्या देखिएको छ । जलवायु परिवर्तनका असरलाई कम गर्न जैविक विविधता संरक्षण आवश्यक रहेको छ । सोही असरका बारेका समुदायमा सचेतना जगाउनु साथै जैविक विविधता संरक्षणका लागि सम्वर्धन परियोजनाले काम गरेको छ ।
परियोजनाले डल्लाका पदम थारूको जस्तै आवश्यकता पहिचान गरी मधुवन नगरपालिका ९ १ छोट्की टडुवाकी २९ वर्षीया लक्ष्मी थारूलाई समेत सहयोग गरेको छ । पहिला १८ कट्ठा जग्गामा खेती गर्दा सोचे जति आम्दानी नसकेका उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पहिला खेतीका लागि आकाशको पानी वा वर्षा याममा आउने कुलोको पानीमा भर पर्नु पद्थ्यो । तर अहिले परियोजनाले सिँचाइ गर्नका लागि मोटर जडान गरिदिए पछि धेरै सजिलो भएको छ । समयमा सिँचाइ गर्न पाउँदा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेको छ । मैले प्रायः गरि धान, मकै, तोरी र मसुरो खेती गर्दै आएको छु । परियोजनाले जडान गरिदिएको मोटरले सिँचाइ सहज रूपमा सिँचाइ गर्न पाउँदा पक्कै पनि उत्पादन बढ्ने छ ।’
विश्वमा भइरहेको जलवायु परिवर्तनका असरलाई रोक्न पनि जैविक विविधताको संरक्षण गर्न आवश्यक रहेका छ । जैविक विविधताको ह्रास हुदाँ समुदायमा पारेको असरको बारेका समुदायलाई बुझाउन आवश्यक भएको परियोजनाका पैरवी अधिकृत जयन जोशीले बताउनु भयो ।
उहाँले जैविक विविधताको संरक्षणका बारेका किसानलाई जानकारी दिदै कृषिबाट पेशाबाट आम्दानी गर्न सकिन्छ भनेर किसानलाई स्यालो ट्युब बेल सिँचाइ जडान लागि परियोजनाले सहयोग गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ परियोजनाले समुदायको आवश्यकता पहिचान गरेर सहयोग गर्दै आएको छ । भने समुदायमा गएर सहयोग गर्दा जैविक विविधताको संरक्षणको बारेमा बताउने गरिएको छ । विशेष गरी किसानलाई जैविक मलको प्रयोग गर्न प्रोत्साहन गर्ने, जङ्गली जनावरले नखाने करेला, कुरिलो, अदुवा, लसुन, बेसार, खोर्सानी लगाउन प्रोत्साहन गर्ने तथा सिँचाइ मोटर जडान गर्ने काम गरेको छ ।’
परियोजना बर्दियाका फिल्ड सहजकर्ता लोकराज परियारले परियोजनाले नागरिक समाज सञ्जाल, स्थानीय सामुदायिक वन उपभोक्ता वन महासङ्घ, वन उपभोक्ता महासङ्घ मिलेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले परियोजनाले समुहमा नियमित सहजीकरण गर्ने, वन समुहमा सुशासन कायम गर्न नेतृत्व विकास तथा समूह व्यवस्थापन, लेखा व्यवस्थापनका लािग तालिम सञ्चालन गर्ने काम गर्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सामुदायिक वनसँग जोडिएका स्थानमा जैविक विविधताको संरक्षण गरेर पनि सहज रुपमा जीवनयापन गर्न सकिन्छ, भने समुदाय बुझाउनु परियोजनाको लक्ष्य रहेको छ ।’
परियोजनाले बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिका तथा बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा जैविक विविधताको संरक्षण गर्नका लागि स्थानीय तह समुदाय स्तरमा काम गर्दै आएको छ । युरोपियन युनियन, अष्ट्रियन डेभलपमेन्ट कोपरेशनको आर्थिक सहयोगमा सञ्चालित सम्वर्धन परियोजना अन्तर्गत सञ्चालित परियोजनाले स्थानीय तहमा आड्रा, एन्बाव नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ, भेरी वातावरणीय समुह (बी ग्रुप) बाँकेसँग मिलेर काम गरिरहेको छ ।


