bardiyahospital

श्रमसँग श्रम साटासाट गर्ने अर्मपर्म प्रथा हराउँदै 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । असार महिना लाग्ने बित्तिकै किसानलाई रोपाइँको चटारो हुन्छ । मानो रोपेर मुरी फलाउने समयमा किसान रोपाइँमै व्यस्त छन् । तर, पहिले– पहिलेजस्तो धान रोपाइँ गर्न अर्मपर्म जाने चलन भने हराउँदै गएको छ । 

नेपाली बृहत् शब्दकोशका अनुसार पर्मको अर्थ हो– आफूआफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन । यो परम्पराको इतिहास दुई सय वर्ष पुरानो भएको मानिन्छ । बिस्तारै समय फेरिँदै जाँदा कृषिक्षेत्रमा आधुनिकता भित्रिएको छ र त्यसले खेती गर्ने पद्धतिमा पनि परिवर्तन ल्याएको छ । त्यही परिवर्तनका कारण परम्परागत रूपमा चल्दै आएको अर्मपर्म प्रथा हराउँदै गएको छ । कतिसम्म भने अहिलेका युवा पुस्तालाई पर्म प्रथाबारे थाहा नै छैन । पहाडमा अझै पनि राँगा गोरूले खेतबारी जोत्ने भए पनि तराईमा भने यस्तो दृश्य देख्न मुस्किल पर्छ । तराईमा आजकाल ट्याक्टर, पावर टेलरले जोतिन्छ । धान रोप्नेदेखि लिएर धान काट्नेसम्मको काम मेसिनले नै गर्छ । 

cld

गुलरिया नगरपालिका– ४ की हुमकुमारी लम्सालले पर्म प्रथामा सामूहिक भावना जोडिएर धान र कोदो रोप्दा, गोड्दा र काट्ने वेलामा आलोपालो गर्दै एकअर्कालाई सहयोग गर्दै खेतीपाती गर्ने गरिएकोबताउनु भयो । उहाँले  विगत सम्झँदै  भन्नुभयो, ‘, ‘पहिला गाउँघरमा पैसा दिएर काम गर्ने चलन बसिसकेको थिएन । त्यही भएर छरछिमेकी खेतबारीमा पालोपालो काम गर्ने गरिन्थ्यो । जसलाई हामी पर्म भन्थ्यौँ ।’ उहाँका  अनुसार पर्म प्रथामा विशेष गरी श्रम आदानप्रदान जोडिएको हुन्थ्यो । पर्म गर्न जाँदा गीत गाउँदै रमाइलो गर्दै धान, कोदो रोप्नेदेखि लिएर काट्नेसम्मको काम हुन्थ्यो । 

अहिले भने यो चलन हराउँदै जान थालेको छ । ‘कहीँकतै पर्म जाने चलन छ भन्ने सुनेकी छु, उहाँले भन्नुभयो,  ‘अहिले पर्म जाने चलनका के कुरा गर्नु धान रोप्नका लागि रोपार पाउनसमेत मुस्किल भएको छ । खेत जोत्नका लागि ट्याक्टर, पावर टेलर भएको भए पनि खेत रोप्नका लागि रोपार पाउन मुस्किल छ ।’

बबई बहुमुखी क्याम्पसका समाजशास्त्रका उपप्राध्यापक प्रेमप्रसाद अधिकारीले पशुपालन र कृषियुगमा वस्तुको विनिमय प्रणालीबाट आवश्यकता पूरा गर्ने क्रम सुरु भएको बताउनु भयो ।  उहाँले भन्नुभयो,  ‘क्रमश: बढ्दै गएको पशु हेरचाह र कृषि उत्पादनका लागि आलोपालो वा अर्मपर्म गर्नुपर्ने अवस्था आयो । त्यसलाई पूरा गर्नका लागि परिवार–परिवार बिचमा तथा परिवार र समुदायका अन्य सदस्यका बिचमा आपसी सम्झदारीबाट कामको आवश्यकता र समयअनुसार प्राथमिकता निर्धारण गरी पर्र्म जाने चलन सुरु भएको हो ।’

पहिला–पहिला श्रमसँग श्रम साटासाट गर्ने चलन थियो, जसलाई पर्म भन्ने गरिन्थ्यो । तर, अहिले श्रमसँग साटासाट हुँदैन । श्रम गरेबापत पैसा लिने भएकाले पनि पर्म प्रथा हराउँदै गएको उपप्राध्यापक अधिकारीले बताउनु भयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.