
दलबहादुर सुनार, बढैयाताल । साँझ बिहानको छाक टार्नकै लागि बाँसको डोको बेच्न गाउँगाउँ डुल्दै बेच्न हिँड्ने एक वृद्ध जोडीसँगको भेटले मन छोयो । बाँसगढी नगरपालिका –७, बढ्कीदेउडामा बसोबास गर्दै आउनु भएका ७२ वर्षीय रामबहादुर बिक उहाँकी ६२ वर्षीय जीवनसंगेनी पानसरा बिकले बाच्नका लागि गरेको सङ्घर्ष हो ।
ज्येष्ठ नागरिक बिकको जोडीले बाँच्नका लागि सङ्घर्षले केही गर्न सकिदैन भन्नेका लागि चुनौती हो । भने आराम गर्नुपर्ने उमेरमा कसैका अगाडि मागेर खान नपरोस् भन्ने हो । उहाँको जोडीले गरेको काम श्रम, सङ्घर्ष, आत्मसम्मान, युवापुस्ताका जो काममा भन्दा बढी गफमा रमाउँछन् त्यसको लागि उदाहरणीय प्रतीक र प्रतिबिम्बित हो ।

‘कहिले डोको बिक्छ त , कहिले बिक्दैन बिक्री नभएको दिन डोकोको भारी बोकेर १० देखि १२ किलो मिटर सम्मको पैदल यात्रा गरी घर फर्कनु पर्छ ।’ पानसरा भावुक हुँदै भन्नुहुन्छ, ‘ डोको नबिकेको दिन साह्रै दुःख लाग्छ । हामी दुवैजनाले डोको बुन्ने जानेका छौ । यसलाई बेचेर जीवनयापन गर्दै आएको छौ ।’
श्रीमानले ६ वटा र श्रीमतीले ५ वटा डोको बोकेर बढैयाताल गाउँपालिका –८ पशुपति बजारमा पुग्दा उहाँहरूको अनुहार पसिनाले भिजेको र शरीर थकित देखिन्थ्यो । नजिक प्रतीक्षालयमा बसेका रामबहादुर भन्दै हुनुहुन्थ्यो, ‘बिहान ८ बजेदेखि हिँडेको हो बाबु, अहिलेसम्मै केही बिकेको छैन ।’
ढोको बेच्दै आएका जोडीसँग कुरा गर्दा पानसराले भन्नुभयो, ‘बाबु हाम्रो कथा पनि कसैले बाबु, सुनिदिए हुन्थ्यो जस्तो लाग्छ ।’
चाउरी परेको अनुहार । सेतै फुलेको कपाल, । पुरानो कपडाले उहाँहरूको गरिबी, सङ्घर्ष, देखिन्छ । भने उहाँहरूले गरेको कामले आत्मसम्मानको झलक देखिन्छ । खेतबारी नभएका बिकको जोडीमा श्रम गर्न सक्ने क्षमता छैन् ।
‘उमेरले गर्दा मजदुरी गर्न पनि सकिदैन । डोको बुन्ने सीप बाँकी छ, त्यही बेचेर आएको पैसाले जीवनयापन गरेका छौ ।’ रामबहादुरले भन्नुहुन्छ,‘ एक डोको बुन्न करिब दुईदिन लाग्छ । सानो बाँस एक थान २५ देखि ५० रुपैयाँ पर्छ । गाउँमा एक डोको लाई चार सय / पाँच सय बिक्री हुन्छ । डोको बिक्री भएर पैसा फेरि बाँस किनेर डोको बुन्छु र डोको बेचेर केही पैसा जम्मा हुन्छ ।’
बिकले भन्नुभयो, ‘ परिवारमामा एकमात्र छोरा छ । छोरा पनि भारतमा कमाउन जान्छ । छोराले कमाएको पैसाले उसैलाई पुग्दैन् । धन्न्न बुढी र मसँग डोको बनाउने सीप मात्रै छ, । त्यसैको साहारामा बाँचिरहेका छौ ।’


