bardiyahospital

लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनको अपार सम्भावना रहेको प्रदेशः मुख्यमन्त्री आचार्य

Geruwa GIF

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनका दृष्टिले अपार सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै भगवान बुद्धको जन्मभूमि सहित अन्य ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले विदेशी पर्यटक आकर्षित गर्ने बलियो आधार तयार भएको बताउनु भयो । 

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनु भयो । पर्यटनमैत्री पूर्वाधार, स्वच्छ वातावरण र आतिथ्यपूर्ण व्यवहारमा सबैको ध्यान आवश्यक रहेकोमा उहाँले विशेष जोड दिनुभयो । 

cld

मुख्यमन्त्री आचार्यले कृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजलाई आपसी प्रेम, सहिष्णुता र सद्भावको सूत्रमा बाँध्दै आएको उल्लेख गर्नु भयो । ‘भाषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज मात्र हाम्रो पहिचान नभई सभ्यता र गौरवको आधार हुन्’ शुभकामना सन्देशमा भनिएको छ, ‘यसलाई जोगाउन सबैले आ–आफ्नो स्थानबाट राम्रो सोच, व्यवहार र कर्म गर्न आवश्यक छ ।’

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले पर्यटन प्रवर्द्धन र संरक्षणका लागि विभिन्न योजना र कार्यक्रम अघि बढाइरहेको छ । प्रेम, मैत्री र सहिष्णुताको भावना बढाउन कृष्ण जन्माष्टमी जस्ता पर्वहरूको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नु भएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.