bardiyahospital

भर्तीवाला पोइलाई चिठ्ठी

कविता

Geruwa GIF

_जननेता मदन भण्डारी

 ए मेरी बाटुलीको बुबा । मेरो नमस्ते छ 

cld

प्रियाका आँशुले तिम्रो मिठो माया जपेको छ 

यहाँको हाल यस्तै छ त्यहाँको हाल कस्तो छ

 चपेटो चिर्कटो यौटै न देख्दा खिन्न मन हुन्छ ।

 

 सबै भन्छन् हिजो आज यहाँ औधी गान्हो छ । 

ठुला-ठालू मजा गर्छन् मसीना ज्यूनै गाहो छ । 

पिठो-ऑटो नपाएर मुटुमा बेदना बोकी 

हिमाली सन्तति रुन्छन् सधैँ खोजी ढिटो रोटी 

 

न झुप्रामा दियालो छ यहाँको राज कालो छ ।

सधै राजा धनी मानीहरूको मात्र पालो छ । 

बनेका छन् महल सेता, चिहानै माथि निर्धाका 

बसेकाछन् त्यहाँ हाम्रो यिनै पञ्चायती राजा 

 

बने बाटा उहाँ राम्रा जहाँ आफू बसेका छन्

 त्यहाँ हाम्रा दिदीबैनी कुचो लाइदिने गर्छन 

उता अड्डा उनैका छन् उनैका छन् यता खेल 

सबै स्कुल  र पाठशाला, यहाँ यस्तै छ यो बेला 

 

यता खाली म यौटी छु, कलिला बाल बच्चाको 

खुबै बेहाल भो सारा यहाँ बाचिन्न जस्तो भो

 तुषाराले कठऱ्यायो भुँडी भोको उदङ्गयायो 

धनीका कामले मेरो रगत् मासु सबै खायो 

 

न पानी ओतिने झुप्रो, न ता आधा घामछाया

अझै फिर्दौन  ए प्यारा। गरी दासीको माया

सधैँ भर्ती उतै पिती गरि बिस्यौं कि यो ठाउँ

रिसायौं वा घिनायौं वा ए प्यारा म के जानू

 

लडाइँमा कि अप्ठ्यारो परेको छौ कि क्वै  ठाउँ 

चिठी लेखेर चाँडै नै मलाई त्यो खबर देउ

 यहाँ खाँचो छ त्यो तातो रगत सङ्घर्ष वेदीमा 

यहाँ यो देशको माटो नभै साझा हुँदैहुन्न

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.