bardiyahospital

यात्राको भेटिएका जेनजी

यात्रा संस्मरण

Geruwa GIF

अधिवक्ता सोम खड्का । पहाडी भूगोल कठिन जीवन स्तर जहाँका एक्स पुस्ताले दुई तीन दिनको बाटो हिँडेर मात्र पुगिने ठाउँ तानसेन र कास्कीको नाउडाँडाको त्यतिबेला भरखर प्राप्त अवसरलाई प्रतिविम्वत हुने गीत गाउने गर्दथे गीत थियो । ( तानसेनमा विजुली दाइ साइँला नाउडाँडामा बस । अर्थात त्यतिबेलाका त्यो एक्स पुस्ता  सम्मका मानिसहरूले त्यतिबेला विजुली र यातायातको भरखर पहुँचको अवसर पाएका स्थानहरू मध्य विजुली देख्न तानसेन र बस देख्न नाउडाँडा सम्म पुग्नु पर्ने हुन्थ्यो । सो भन्दा अगाडिका पुस्ताले घरमा साल अथवा वर्ष दिन वा छ महिना सम्म आवश्यक नुन लगायतका सामानको भारी बोकेर ल्याउन नाउडाँडा सम्म ढाकर जाने चलन मात्र होइन, आवश्यकता र नियति नै थियो । वाई पुस्ताको समयमा भने यो अवस्था बाग्लुङ बजार सम्म पुगेको हुनुपर्छ । 

 जन्मे र हुर्केको यो पङ्तिकार आफू बसाइ सरेको ३७ वर्ष पछि मेरो माहिलो अङ्कलको स्वर्गारोहण भएको दुखद क्षणमा त्यो गाउँ ठाउँमा जाँदा र पुग्दा एकजना  जेनजीसँग मेरो भेट मात्र भएन उनको सेवा लिने एवं उनको सेवाग्राही यात्री बन्ने सम्मको अवसर मलाई प्राप्त भयो । म उनको स्वरोजगार मूलक कार्य, व्यवहार र उनको अति सहयोगी मन र हिमालय जस्तै अति स्वच्छ भावनाबाट अति प्रभावित पनि भएँ र मलाई त्यतिबेला लाग्यो सायद ईश्वर भनौँ वा प्रकृतिले स्थान विशेषको आवश्यकता अनुसार एक आध मानिसलाई आफ्नो दुत बनाएर त्यो ठाउँमा  सेवा गर्नको लागी खटाई पठाएका हुन्छन । त्यो ठाउँका लागी यस्तै देवदूत सरह रहेर भलहि पारिश्रमिक वा भाडाको लागी नै किन नहोस् तर त्यो बाहेक निस्वार्थ र अति सहयोगी भावनाका साथ उनले त्यो स्थानमा सेवा पुर्‍याइ रहेको पाएँ मैले अर्थात काल्पनिक कथामा वर्णित कुनै देवदूत भन्दा कत्ति कम लाग्दैनन् उनी । 

cld

इन्टरनेट तथा पोर्टेबल डिजिटल प्रविधिको  पहुँचमा हुर्केको जेनजी  पुस्ता भलही एकेडेमिक प्रदर्शन र रोजगार प्रति अति चिन्तित छ भनिएता पनि यो पुस्ताले एक्स पुस्ता र वाई पुस्ताले पत्ता लगाए भन्दा ढीलो गरेर मात्र जीवन यापनका उपाय पत्ता लगाउने गरेको कुरा अध्ययनहरूले बताएको पाइयो तर ती मैले भेटेका जेन्जी आफ्नो कलिलो उमेरमा नै स्वरोजगार र सेवा  व्यवसाय गरेर आफू जन्मे हुर्केकै डाँडा, पाखा (पखेरामा दौडँदै र आफू सँग सँगै उनका सेवाग्राही यात्रुहरूलाई समेत धुलाम्मे र हिलाम्मे सडकमा दौडाउँदै गन्तव्य सम्म पुर्‍याएर सेवा दिँदै रमाएका छन । 

जति नै राती र अबेर भएता पनि उनी बास बस्नको लागी आफ्नो साधनका साथ उनी आफ्नो घरमा नै पुग्छन तब दिनभरको काम र थकानका साथ मीठो मुख गरी खाना खाना खाए पछि मीठो निद्रा सुत्छन र सायद सपनाहरु पनि त्यति नै मीठा मीठा देख्छन होला । सुत्दा जे जति समय भएको भए पनि विहान सबेरै उठ्नु उनको दिन चर्या नै हो । उठी सके पछि विहानको उनको दैनिक नित्यकर्महरु सके पछि सँधै तयार हुने समयर स्थानका आफ्नो यातायातको साधन लिएर उपस्थित हुन्छन। उनका सेवाग्राही यात्रु पनि निश्चित समयमा उनले शुरुआत गर्ने स्थानमा पुग्छन तब उनको यात्रा शुरु हुन्छ र अगाडी बढ्छ उनले चलाउने पिकअप गाडी । भिरालो र उकालो ओरालो भूगोल, कच्चिबाटो र गर्दा बर्षातमा हिलाम्मे मात्र होइन चिप्लो पनि हुने र अन्य मौसममा धुलाम्मे हुने धेरै घुम्तीहरु रहेको सो स्थानका ठूलो सवारी साधन भन्दा उनले रोजेको त्यो पिक अप गाडी अति उपयुक्त र सहज पनि छ सायद त्यो स्थानको लागी । 

उनको सवारी साधन चल्न शुरु भए देखि नै बाटो बाटोमा विभिन्न स्थानका गाउँमा बस्ने हजुर आमा र हजुरवुवाहरुले विहान दुहेको गाई भैँसिको दुध र मौसम अनुसारका ताजा साग पात तरकारी र फलफुलहरु लिएर उनको गाडीलाई पर्खेर बसेका हुन्छन । ती चिज बस्तुहरु जस्का बाबु पक्कै विदेशमा बैदेशिक रोजगारमा होलान र कसैका आमा पनि र ती बच्चाहरु जो बजारमा रहे बसेर अध्ययन गरी रहेका छन तिनीहरुलाई पठाइएका हुन्छन । ।सामान पठाउनको लागी मात्र होइन बेलुका फर्की आउँदा विभिन्न घरायसी तथा भान्साका सर(सामान अरुको विवरण टिपाएर सामान मगाउने मानिसहरु पनि त्यती नै हु।सामान पठाउनको लागी मात्र होइन, बेलुका फर्की आउँदा विभिन्न घरायसी तथा भान्साका सर(सामान अरुको विवरण टिपाएर सामान मगाउने मानिसहरु पनि त्यती नै हुन्छन ।जब जब यात्रु चढाउँदै र ओराल्दै उनी बजारमा पुग्छन तब बजारको विभिन्न ठाउँमा शुरु हुन्छ ती आ(आफ्ना सामान लिन पर्खिएर बसेका मानिसहरूले ती सामान बुझेर लिने र भोलीको लागी दुध र तरकारी तथा फलफुल ल्याउने विभिन्न खाली भाँडा बर्तनहरु उन्लाई दिने एक स्थान देखि अर्को स्थानका दोहोरिने प्रकृया । 

यात्रु र ती सामान देखि गाडी खाली भए पश्चात उनी कतै खाना पिना गर्लान र त्यस पछि उनी लाग्छन ल्याइदिनु भनी टिपाइ दिएका विभिन्न मानिसका सर(सामाग्री खरिद गर्न ।ती सामान खरिद गर्दा सम्ममा उनको पिकअपको पछाडीको डाला भरि भराउ भइ सकेको हुन्छ । तब दैनिक फिर्ती हुने समयमा उनी जीप स्टेण्डमा आफ्नो गाडी लगाउँछन र अब फर्कीने यात्रुहरूलाई बसालेर बेलुका घर फर्कन्छन । यसरि, मात्र सर(सामान र यात्रु महानुभावहरुलाई ओहोर(दोहोर गराउने सवारी तथा यातायातको साधन मात्र नभएर,उन्को त्यो गाडीत्यो स्थानको लागी एम्बुलेन्स पनि रहेछ । यदि त्यो गाउँ पालिकाको तीनवटा वडामा कुनै महिलालाई प्रसुती गृह सम्म पुरयाउनु पर्ने भयो वा कोहि विरामी भयो वा चोट पटक नै लाग्यो भने पनि उन्लाई इमर्जेन्सी कल आउँछ तब रात साँझ होस वा कुनै पनि बेला र समय उन्लाई कल आउना साथ उनी एम्बुलेन्स जस्तै द्रुत सेवा दिनका लागी त्यो स्थानमा उपस्थित हुन्छन र एम्बुलेन्सको जस्तै सेवा उपलब्ध गराउँछन । 

तमाम जेनजी हरु मध्य सायद अपवाद स्वरुप होला तर पनि, रातमा लौ के भयो भन्ने गरी सुते निदाएका आफ्ना अविभावकहरुलाई झस्काउने गरी, हान्यो हान्यो, मलाई त लौ मारयो, ठोक ठोक भन्दै राती बाह्र एक बजे सम्म पब्जी खेल्ने र विहान अबेर सम्म मस्त निदाउने पनि केहि जेन्जीहरु देखेको र केहि जेन्जीहरु लागु औषध, वाल विवाह लगायतका थुप्रै फौज्दारी कसुरमा आरोपित कसुरमा कसुरादार कायम भई अभियोग समेत खेपी रहेका वर्तमान परिप्रेक्षमा यो पङ्तिकारले ती गुरुजी जेनजी  देख्दा अति प्रभावित हुन पुगेँ । 

विद्या चापागाईँका हेर्ने कथाका कुनै पात्र जस्तै लाग्ने, कर्मजिवी ती  थिए, लेखककै कुनै मावली सन्तान तर्फका भाई नाताका गण्डकी प्रदेश, बागलुङ् जिल्ला अन्तरगत काँठेखोला गाउँपालिका, ३ का  अनिल भण्डारी जस्को कर्म, लगनशिलता र ब्यवहारबाट थुप्रै जेनजीहरुले पाठ सिकेर र उनको अनुसरण समेत गर्दै, स्वरोजगार बन्दै देश र समाजले अपेक्षा गरे अनुरुप आफ्नो कर्म, कर्तब्य र जिम्मेवारी बोधबाट ओत प्रोत भई स्वरोजगार मूलक कार्य मार्फत यसै गरी समाज सेवा गर्न सक्नु आजका जेनजी  पुस्ताको अविभारा हो । 
 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.