bardiyahospital

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा न्यानो कपडा वितरण

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा ३६ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा न्यानो लत्ताकपडा वितरण गरिएको छ । मधुवन नगरपालिका– १, पत्थरबोझीमा रहेको सरस्वती आधारभूत विद्यालयमा  रहेका ३९ जना बालबालिकालाई  न्यानो कपडा वितरण गरिएको छ । 

विद्यालयमा रहेका २८ जना छात्र र ११ जना छात्रालाई न्यानो कपडा वितरण गरिएको  विद्यालयका प्रधानाध्यापक घनराज खत्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘विद्यायलले  अभिभावकविहीन  बालबालिकाको लागि छात्रावासको व्यवस्थापन गरी विद्यालयमा राखिएको छ। ’

cld

अभिभावकविहीन बालबालिकालाई  विद्यालयमा राख्दा सुरु बालबालिका भुइँमा  सुतेको दिनको स्मरण  गर्दै उहाँले भन्नुभयो, ‘पछिल्लो समय स्रोतसाधनको व्यवस्थापन हुँदै जाँदा केही सहज भएको छ । तर, यतिले मात्र पुग्दैन  । अझै पनि विद्यालयमा विद्यार्थीका लागि धेरै  गर्नु छ ।’ 

लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिनाले अभिभावकविहीन बालबालिकाको अभिभावक राज्य बन्नुपर्छ, त्यसकारण पनि मन्त्रालयले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आज लत्ताकपडा वितरण गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मन्त्रालयले अभिभावकको भूमिका निर्वाह गर्न तयार छ । त्यसकारण तपाईंहरू राम्रोसँग पढ्नुहोस् ।चरित्रवान् बन्नुहोस् ।’

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.