bardiyahospital

चितुवाको आक्रमणबाट युवती घाइते

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा चितुवाको आक्रमणबाट युवती घाइते हुनु भएको छ । चितुवाको आक्रमण परी बारबर्दिया नगरपालिका– ४ जगतिया विजयनगरकी १८ वर्षीया अजिता थारु घाइते हुनु भएको हो ।

मंगलबार साँझ पौने ५ बजे घरनजिक रहेको खेतमा पराल लिन जाँदा परालमा लुकेर बसेको चितुवाले थारुलाई आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट घाइते भएकी थारुलाई उपचारका लागि परिवारले बर्दिया अस्पताल गुलरियामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.