bardiyahospital

वन्यजन्तुले गहुँ खान थालेपछी किसानहरू तोरीखेतीमा आकर्षित

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाको मध्यवर्ती र सामुदायिक वन क्षेत्र सपास बसोबास गर्ने किसान तोरी खेतीतिर आकर्षित हुन थालेको पाइएको छ ।  गहुँखेती गर्दा चित्तल, रतुवा, नीलगाई, हात्तीले खाने हुँदा मध्यवर्ती र सामुदायिक वन क्षेत्र आसपास बसोबास गर्ने किसान तोरी खेतीतिर आकर्षित हुन थालेको पाइएको हो ।

किसानले परम्परागत रूपमा गर्दै आएको गहुँखेती गर्दा निकुञ्ज र सामुदायिक वनबाट आएर  हात्ती, चित्तल, नीलगाई, हात्तीलगायत वन्यजन्तु आएर खान थालेपछि नगदे बालीको रूपमा रहेको तोरी खेतीतर्फ किसानको आकर्षक बढेको हो ।

cld

वनबाट आउने वन्यजन्तुले गहुँ खाने हुँदा घाटा लाग्न थालेपछी  विगत दुईतीन वर्ष अगाडिबाट तोरी खेती गर्न थालेको मधुवन नगरपालिका– १ का किसान चन्द्रबहादुर चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिला यसरी वन्यजन्तुले खेतबारीमा आएर अन्नबाली खाँदैनथे । तर, पछिल्लो समय हात्ती, चित्तल, रतुवा लगायतका वन्यजन्तु खेतबारीमा आएर गहुँ धानजस्ता बाली खान थालेपछी तोरी लगाउन थालेको हो । तोरीलाई वन्यजन्तु खाँदैनन्, त्यही भएर वैकल्पिक खेतीको रूपमा तोरी लगाएको हो । तर, कहिलेकाहीँ खेतको बाटो भएर  हात्ती हिँड्ने गर्छ,  यसरी हात्ती हिँड्दा  केही नोक्सानी हुने गरेको छ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयको तथ्यांक अनुसार बर्दियामा आर्थिक वर्ष ०८०/८१ मा नौ हजार ६८० हेक्टर तोरीखेती भएको  छ भने  आर्थिक वर्ष ०८१/८२ मा नौ हजार ७६७ हेक्टर तोरीखेती भएको छ ।

विगतको वर्षमा भन्दा पछिल्लो समय तोरी खेतीको क्षेत्र विस्तार हुँदै गएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका कृषि प्राविधिक अधिकृत एवं सूचना फिर्तुमान चौधरीले  जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘चालू आर्थिक वर्ष ०८२/८३ मा करिब १० हजार हेक्टर तोरीखेती भएको छ ।’ बर्दियाको  माटोको प्रकृति फरकफरक भएको हुँदा किसानले  सुर्खेत लोकल, मोरङ –२, उन्नति, प्रीति र विकास जातको तोरी लगाएका छन् । यहाँको माटो पाँगो  र स्वस्थकर छ भने सिँचाइको पनि राम्रो व्यवस्थापन भएको हुँदा तोरीको उत्पादन राम्रो हुने देखिन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले तोरी खेती लगाउँदा वन्यजन्तुले तोरी नखाने  हुँदा  यसले मानव वन्यजन्तुको सहअस्तित्व कायम हुने र  मानव र वन्यजन्तुको बिचमा हुने द्वन्द्वसमेत रोकिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘तोरीखेती गर्दा किसानको अन्नबाली  हानि नहुँदा किसानलाई फाइदा पुग्छ भने तोरीखेती गर्दा मौरीपालन पनि गर्न सकिन्छ । र, किसानले दोहोरो फाइदा पनि लिन सक्छन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.