
प्रकाश पौडेल, गुलरिया । बर्दिया र बाँकेका विद्यालयमा वन वातावरण तथा जलवायु परिवर्तन शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । बर्दियाको मधुवन तथा ठाकुरबाबा नगरपालिकाको र बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाका १० विद्यालयमा वन वातावरण तथा जलवायु परिवर्तन शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गइरहेको हो ।
नेपालमा जलवायु परिवर्तन, वातावरणीय प्रदूषण, वन विनाश तथा मानव वन्यजन्तु सहअस्तित्वका चुनौतीहरू बढ्दै जाँदा विद्यालय तहबाटै वातावरणीय चेतना विकास गर्नु अपरिहार्य बन्दै गएको छ। । त्यहीँ आवश्यकतालाई मध्यनजर गर्दै बाँके र बर्दियाका विद्यालयमा वन, वातावरण तथा जलवायु परिवर्तन शिक्षा कार्यक्रम सञ्चालनमा भएको छ, । यसले अभ्यास पुस्तक स्थानीय परिवेशसँग जोडिएका विषयलाई सरल र रोचक ढङ्गले प्रस्तुत गरेको छ ।

सम्वर्दन परियोजना अन्तर्गत विकास गरिएको वन, वातावरण तथा जलवायु परिवर्तन क्रियाकलाप पुस्तिकाले विद्यालयको अतिरिक्त समयमा अभ्यास पुस्तक पढाई हुने हुँदा यसले विद्यालयको पठनपाठनमा असर गरेको छैन् । भने् पुस्तकमा समावेश भएका विषयवस्तु विद्यालयमा पढाइ हुने विषयवस्तुसँग मिल्ने भएकाले विद्यार्थीका लागि पुस्तक सहयोगी पनि भएको छ । परियोजनाले सञ्चालन गरेको विद्यालय शिक्षा कार्यक्रमले विद्यार्थीको वातावरणीय चेनताको विकास गर्ने, वातावरण संरक्षण गर्नमा जिम्मेवार र व्यवहारिक बनाउने र दीर्घकालिन सोच विकास पनि विकास हुने देखिन्छ । भने अभ्यास पुस्तिका पढेपछि विद्यार्थीले वनको संरक्षण किन गर्ने, वातावरण प्रदूषण हुँदा के असर पर्छ । जलवायु परिवर्तनले के– कस्तो असर पुर्याउँछ । जैविक विविधता के हो, मानव वन्यजन्तुको बीचमा द्वन्द्व किन हुन्छ जस्ता विषय बस्तुमा ज्ञान आर्जन गर्न सक्ने हुनेछन् ।
ठाकुरबाबा नगरपालिका ,९ रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा, ७ मा पढ्ने सुप्रभा नेपालले वनमा धेरै प्रकारका वनस्पति पाइने हुँदा वनको बहुआयामिक फाइदा लिन सक्ने कुरा क्रियाकलाप पुस्तक पढेपछि थाहा पाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बोट बिरुवाले कार्बनडाइअक्साइड लिने र अक्सिजन दिने मात्र नभएर जडिबुटी, फलफूल, काठ दाउराको मुख्य स्रोत वन रहेछ । वन जंगलको विनाश हुन थालेपछी सन् १९५० को दशकबाट वन संरक्षणको काम सुरु भएको हो । हाल नेपालमा २३ हजार २६ वटा सामुदायिक वन २४ लाख २५ हजार ३५२ हेक्टरमा फैलिएको छ । सामुदायिक वनमा आवद्ध भएर अहिलेसम्म ३१ लाख ९५ हजार ३२३ घरधुरीले प्रत्यक्ष फाइदा पाइएको बारेमा सम्वर्दन परियोजना प्रकाशन गरेको पुस्तक पढेपछि थाहा पाए ।’
वनले जैविक विविधताको संरक्षण गर्ने, स्थानीय आयआर्जनको स्रोत, जल संरक्षण तथा पानीको स्रोतको संरक्षण, प्राकृतिक विपत्तिको न्यूनिकरण गर्न, जलवायु परिवर्तन न्यूनीकरणमा योगदान गर्न, वन्यजन्तुको संरक्षण तथा मानव वन्यजन्तुको द्वन्द्व न्यूनिकरण र धार्मिक र सांस्कृतिक महत्व, र शैक्षिक तथा अनुसन्धानात्मक मा वनको महत्वको बारेमा थाहा पाएको नेपालले जानकारी दिनुभयो ।
मधुवन नगरपालिका, १ सूर्यपटुवामा रहेको त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा ९ मा पढ्ने आदित्य नेपालीले आफ्नो घर सामुदायिक वन र मध्यवर्ती क्षेत्रसँग जोडिएको र वन्यजन्तु हिँडडुल गर्ने स्थानमा पर्ने हुँदा बाघ, हात्ती, गैँडा जस्ता वन्यजन्तु कयौँ पटक देखेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ वनबाट आएका बन्यजन्तुले गाउँ घरमा आएर अन्नबाली नष्ट गर्ने देखि घर भत्काउनेसम्मको घटना देखेको छु । वनबाट बन्यजन्तु आहारा खोजीमा आउँछन् भन्ने चाँहि पहिलादेखि थाहा थियो । तर त्यस बाहेक वन्यजन्तु बासस्थानको खोजी, जलवायु परिवर्तनको असरले, वन जंगल विनाश भएर बासस्थानको विनाश पछि पनि बासस्थानको खोजीमा मानव बस्तीतिर आउने गरेको थाहा पाए । ’
उहाँले भन्नुभयो, ‘ मानव वन्यजन्तुको बीचमा हुने द्वन्द्व न्यूनिकरण गरी मानव वन्यजन्तुको सहअस्तित्व कायम गर्न मानिसले आफ्नो आनीबानी परिवर्तन गर्नु पर्ने रहेछ । भने, त्यसबाहेक जुन स्थानमा मानव वन्यजन्तु द्वन्द्व हुन्छ, त्यस स्थानमा जनचेतना जगाउने, प्रविधिको प्रयोग गरेर वन्यजन्तु रोक्ने, घरपालुवा जनावरलाई जोगाउन सुरक्षित गोठ बनाउने , बाली जोगाउन सुरक्षित रुपमा अन्न भण्डारण गर्ने, वन्यजन्तु मानवबस्ती र खेतबारीमा आएको कुरा सूचना र जानकारी आदानप्रदान गर्ने काम गर्नु पर्छ भन्ने बारेमा क्रियाकलाप पुस्तक पढेपछि थाहा पाए ।

ठाकुरबाबा नगरपालिका ,९ रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा, ८ मा पढ्ने बिकेश चौधरीले परिवर्तनका गर्दा पल्लिो समयमा वर्षायाममा बढी पानी पर्ने, हिउँदमा पानी नपर्ने, हिमनदीहरु फुट्ने, खोलानाला र पानीको मुहानमा पानी छिटो सुक्ने, धेरै गर्मी हुने, धेरै जाडो हुने जस्ता असर देखा पर्न थालेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असर मानिसमा मात्र नपरेर वन्यजन्तु र वनस्ततिमा पनि परेको हुँदा जलवायु परिवर्तनको असरलाई समयमा रोकथाम गर्न नसकेमा भष्यिममा अझैँ धेरै संकट देखा पर्ने बारेमा बुभ्न क्रियाकलाप पुस्तकले धेरै सहयोग पुगेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको एउटा प्राकृतिक कारण र अर्को मानवीय हुने गर्छ । जलवायू परिवर्तन प्राकृतिक कारण भन्दा बढी मानवीय कारणले हुने हुँदा यसलाई रोक्न मानिस बढी जिम्मेवार भएर लाग्न जरुरी रहेको छ । जलवायु परिवर्तनको असर रोक्न वन विनाश रोक्ने, बढ्दो औधोगिकरण रोक्ने, भू–पयोग गर्दा ख्याल नगर्नु पर्छ । त्यसैगरी बढ्दो शहरीकरणलाई रोक्ने, इन्धन र सवारी साधनमा प्रयोगल हुने जिवाश्य इन्धनको प्रयोग कम गर्ने र फोहलमैला व्यवस्थापनमा उचित ध्यान दिन सकेमा जलवायु परिवर्तनको असरलाई कम गर्न सकिन्छ । ’
त्रिभुवन माध्यामिक विद्यालयमा शिक्षक यमराज न्यौपानेले वन वातावरण तथा जलवायु परिवर्तन क्रियाकलाप पुस्तक विद्यालयमा पढाइ हुने वातावरण बिज्ञानसँग मिल्ने भएको हुँदा विद्यार्थीलाई पढ्न सहयोग भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ परियोजनाले तयार गरेको पुस्तक स्थानीय परिवेशसँग मिल्ने भएको हुँदा र पुस्तकमा चित्रहरुको बढी प्रयोग भएको हुँदा विद्यार्थीलाई बुझ्न सजिलो भएको छ । पाठ्यपुस्तकसँग मिल्ने भएको हुँदा यसले बिद्यार्थीलाई धेरै सहयोग गरेको छ । विद्यार्थीले पनि रुचिपूण रुपमा पढेका छन् ।’
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बर्दियाका अध्यक्ष गोपालप्रसाद थारुले विद्यालय जाने उमेरमा बालबालिका सानै उमेरबाट वन वातावरण र प्रकृतिको बारेमा सिकाउन सकियो भन्ने यसले दिर्घकालिन रुपमा वन संरक्षण हुने र जैविक विविधताको संरक्षणमा योगदान पुर्याउने हुँदा सम्वर्दन परियोजना अन्तर्गत सञ्चालन भएको ‘ वन वातावरण तथा जलवायु परिवर्तन क्रियाकलाप पुस्तिका’ ले बालबालिकामा सकारात्मक सन्देश प्रवाह हुने र यसले वन र जैविक विविधताको संरक्षण गर्नमा टेवा पुग्ने बताउनु भयो ।
सम्वर्दन परियोजना मार्फत बर्दियाका दुई पालिकामा ५ विद्यालय र बाँकेको दुई पालिकाको ५ विद्यालयमा वन वातावरण तथा जलवायु परिवर्तन क्रियाकलाप पुस्तिका पढाइ हुने गरेको छ । यस क्रियाकलाप पुस्तकले विद्यार्थीको सिकाइ अभ्यासलाई प्रत्यक्ष प्रभाव पार्ने र सैद्धान्तिक र प्रयोगात्मक दुबै प्रकारको सिकाइ हुने अपेक्षा राखेको छ । वन वातावरण तथा जलवायु परिवर्तनका बारेमा विद्यार्थीलाई सिकाउन खासै लगानी पनि नलाग्ने र यस पुस्तकले विद्यालयको अन्य पाठ्यक्रमलाई समेत टेवा पुग्ने देखिन्छ ।
परियोजना युरोपियन युनियन र अष्ट्रियन डेभलपमेन्ट कोअपरेसनको आर्थिक सहयोगमा, आड्रा नेपालको नेतृत्वमा, एन्साब नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ( फेकोफन ) र भेरी वातावरणीय विशिष्टता समूह (बी–गुरुप) बाँकेको सहकार्यमा सञ्चालन भइरहेको छ ।



