bardiyahospital

चितुवाको आक्रमणबाट महिलाको मृत्यु 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका -११ बेलभारकि५५ वर्षीया छिद्नी थरूनीको मृत्यु भएको हो । 

बुधबार खेतमा तोरी उखेल्न गएकी चौधरीलाई चितुवाले आक्रमण गरि मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्र मल्लले बताउनु भयो ।  मृतक महिलाको शब अहिले बर्दिया अस्पताल गुलरियामा राखिएको छ ।

cld

पछिल्लो समय चितुवाको आक्रमणबाट मृत्यु संख्या दिनानुदिन बढ्दै गएको छ । तर यसलाई रोकथाम गर्नका लागि डिभिजन वन कार्यालयले खासै चासो देखाएको छैन ।पछिल्लो समय सालको रूखमा डिभिजन वनको चासो र रूचि दुबै देखिन्छ । तर चितुवा लगायतको वन्यजन्तुको आक्रमण हुने मानवीय क्षती रोक्नका कुनै पहल भएको छैन्। चितुवा अहिले गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकाको धेरै ठाउँमा देखिन थालेको छ । यसरी चितुवाको आक्रमण बढ्दै जाँदा साना बालबालिका र घाँसपात गर्न जाने महिला उच्च जोखिममा रहेको छन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.