
कृष्णसार अनलाइन । बर्दियामा चितुवाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चितुवाको आक्रमण परी गुलरिया नगरपालिका– ४ का नन्दु रोकायको मृत्यु भएको हो ।
बारबर्दिया नगरपालिका– ११ मा पर्ने जनजागृति सामुदायिक वनमा घाँस काट्न गएका रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बिहीबार दिउँसो १२ बजेको समयमा चितुवाको आक्रमणबाट मृत अवस्थामा रोकायको शव फेला परेको छ । रोकाय सहित चारजना घाँस काट्न गरेका थिए ।’


