
कृष्णसार अनलाइन
गुलरिया ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) बबई बहुमुखी क्याम्पस कमिटीले सातदिने उद्घोषण तालिम सम्पन्न गरेको छ । बबई बहुमुखी क्याम्पसमा आयोजित तालिमको समापन कार्यक्रम अनेरास्ववियु स्थाइ कमिटी सदस्य जीत बहादुर रोकायको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

अनेरास्ववियु क्यामपस कमिटीको आयोजनामा सञ्चालन गरीएको तालिममा बिशिष्ट अतिथी प्रशिक्षक प्रभात सुवेदी, विशेष अतिथी अनेरास्ववियु जिल्ला अध्यक्ष मदन भण्डारी अतिथीहरुमा अनेरास्ववियु जिल्ला सचिव लक्ष्मण सिग्देल र गुलरिया नगरकमिटी अध्यक्ष राम भण्डारी रहनु भएको थियो ।
अनेरास्वबियुले आयोजना उद्घाेषण तालिममा २५ जनाको सहभागिता रहेका थियो । तालिममा प्रशिक्षकहरुमा शुसिल थारु , प्रभात सुवेदी यज्ञ प्रसाद सापकोटा, कमाल सिद्दिकी रहनु भएको थियो ।

अनेरास्ववियु नेतृत्व र व्यक्तित्व विकास उद्देश्य राखी उद्घोषण तालिमको सञ्चलान गरेको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष भण्डारी बताउनु भयो ।
तालिममा सहभागी बर्षा हमालले तालिमबाट उद्घोषण सम्बन्धी धेरै कुराको जानकारी पाएको बताउँदै विद्यार्थीहरुलाई आवश्यक व्यक्तित्व विकासको तालिमहरु आवश्यक्ता भएको बताउनु भयो ।


