bardiyahospital

कर्णालीको प्रवाह

कविता

Geruwa GIF

_राजेन्द्रप्रसाद धिताल

 

 कर्णाली !

cld

युग युगान्तर देखि

तिम्रो यात्रा अविराम छ

तिमी दिनमा हिड्छ्यौ

रातमा हिड्छ्यौ

तिमी साँझमा हिड्छ्यौ

प्रभातमा हिड्छ्यौ

तिम्रो यो यात्रामा मेरो जीवनधारा

बगेको छ कर्णाली !

 

आज म जो छु

त्यो तिम्रै सिर्जना हु

मेरो रगतभरी तिमी बगेकी छर्यौ

ममात्र हैन

तिम्रो किनारभरि

जुन सभ्यता छ

त्यो तिम्रै कला हो

मेरा पिता पुर्खाले

तिम्रो अनन्त यात्रासँगै

आफ्नो जीवनमा

रक्तसञ्चार गरे

मेरो हरेक पुस्ता

तिमीसँग

रिनी छ कर्णाली !

 

कृतज्ञ छ

तिमीले युगयुगान्तर देखी

हामीलाई गर्दै आएको

उपकारको बदला

समस्त मानव जातिका तर्फबाट

तिमीलाई म के दिऊ कर्णाली !

 

तिमीलाई दिने कुरा

के छ र मसँग

म एक अकिन्चन

तिमीलाई हृदयभरि

उर्लिएर आएको

माया दिन सक्छु

स्वीकार गर माया

माया बाहेक

मसँग तिम्रो गुनको बदलामा

दिने कुरा केही छैन

तिम्रो सामु म

निरीह र विवश छु

कर्णाली !

 

हे शैलपुत्री!

तिम्रा छालभरी

वस्तीहरू छन्

फाटहरू छन्

तिम्रो निर्मल जल

जीवको स्रोत हो

समस्त प्राणीहरूका लागि

कर्णाली !

तिमी जीवनदायिनी शक्ति हौ

तिमी स्रष्टा हौ आमा ।

 

तिम्रा छालभरी

मात्र फाट छैनन्

मसान घाटहरू पनि छ्न

ती घाटाहरू

लासहरू जल्छन्

उल्लासहरु जल्छन्

र साथै

अहङ्कार र आडम्बरका

अट्टहासहरु पनि जल्छन्

कहिलेकाँही तिमी

उग्र हुन्छ्यौ

बस्ती तहस नहस पाछ्यौ

कर्णाली !

 

हामीलाई जीवनको

नश्‍वरताक्षणभङ्गुरताका

मर्मबोध गराउने

प्रलय प्रवाहकी आदिस्वरुप हौ

तिमी ज्ञानकी

गङ्गा हौ माता।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.