bardiyahospital

‎महँगीको आगो

Geruwa GIF
_दुर्गाबहादुर थारु कबिर
cld

‎सहरको गल्लीमा धुवाँ मात्र छैन,
‎आशाहरू पनि आजकाल जल्दैछन् ।
‎तेलको थोपा–थोपा महँगो हुँदै जाँदा
‎मानिसका सपना सस्तो हुँदैछन्।

‎भान्साको चुलोले सोध्छ,
‎‘मेरो आगो किन यति भारी भयो
‎उत्तरमा मौनता छ,
‎रित्तिएको ग्यासको सिलिण्डरजस्तै।

‎बाहिर सहर चल्छ,
‎भित्र मन रोकिन्छ ।
‎एक लिटर तेलको मूल्यमा

कति आँसु मिसिएको छ, कसले गन्छ ?

‎हामी त सडकका यात्री,
‎पाइलामा धुलो, आँखामा प्रश्न लिएर,
‎कसले बढायो यो आगो ?
‎र किन हाम्रो जिन्दगी जल्दै गयो र ?
‎प्रधानमन्त्रीको समुहले चलाउने फेसबुकमा,
‎विकासको उज्यालो झल्काइन्छ ।

‎तर हाम्रो कोठामा
‎अन्धकारको मूल्य पनि बढेको छ।
‎रात गहिरिन्छ,
‎तर निद्रा आउँदैन,
‎किनकि भोलिको बिहान
‎फेरि महँगो भएर आउँछ।

‎तर पनि
‎यो पीडाभित्रै एउटा विश्वास बाँकी छ
‎कि कुनै दिन
‎मान्छेको पसिनाले बजार जित्नेछ
‎र आगो फेरि
‎रोटी पकाउने मात्र हुनेछ
‎जिन्दगी जलाउने होइन।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.