
कृष्णसार अनलाइन । बर्दियाको गेरुवा गाउँपालिका १ मा रहेको पर्यटकीय क्षेत्र ओखरिया इन्टेकमा छायाङ्कन गरिएको मायाको डोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गीतमा गायिका मेलिना राई र गोपाल नेपाल जिएमको आवाजमा रहेको छ । मायाको डोरी बोलको गीतमा नरेश एमसीको शब्द रहेको छ । भने म्युजिक भिडियोमा दिपिका कार्की र नरेश एमसी अभिनय गरेका छन् ।

गीत बर्दियाकाे प्रमुख पर्यटकीय क्षेत्र ओखरीया इन्टेक लगायत अन्य रमणीय क्षेत्रमा छायाङ्कन गरिएको थियो । भने गीतको निर्देशन मुकेश नेपालीको निर्देशनमा तयार पारिएको हो । गीत नरेश जिएमको आधारित युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । यस अघि एमसीले लाहुरे मत सोल्टिनी, फौजीको बर्दिमा, खाउँली पेन्सन लगायतका थुप्रै गीत बजार ल्याएका छन् ।


