
प्रकाश पौडेल, गुलरिया । बर्दियामा बालविवाह बढेको पाइएको छ । बालविवाह न्यूनिकरणका लागि अनेक प्रयास भएयता पनि बालविवाह बढेको पाइएको हो ।
कानुनले २० वर्षका मुनिको विवाहलाई बालविवाह भनी प्रष्ट व्याख्या गरेको छ । स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क हेर्दा बालविवाह बढेको देखिन्छ । २० वर्ष नपुग्दै सुत्केरी हुने, गर्भवती जाँच गर्ने, परिवार नियोजनको साधन प्रयोग गर्ने र गर्भपतन गर्नेको सङ्ख्या हेर्दा बालिकाको सङ्ख्या बढेसँगै बर्दियामा बालविवाह बढेको देखिन्छ ।

गाउँघरमा अझैपनि बालविवाह भइरहेको छ । कानुनमा २० वर्ष पूरा भएपछि मात्र विवाह दर्ता हुने कानुनी प्रावधान भएकोले स्थानीय तहको अभिलेखमा बालविवाह भएको देखिदैन । तर सुरक्षित मातृत्व सेवा लिन आउने बालिकाको सङ्ख्या हेर्दा बालविवाह भएको देखिन्छ । कानुनी प्रावधानले स्थानीय तहको अभिलेख बालविवाह भएको देखिदैन । तर स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा लिन आउने बालिकाको सङ्ख्या हेर्दा बालविवाह भइरहेको देखिन्छ ।
स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा २० वर्षभन्दा कम उमेरका ७ सय ४५ जनाले पहिलो पटक गर्भ जाँच गराएको, ३ सय २२ जना सुत्केरी भएको, २ सय ३० जनाले परिवार नियोजन साधन प्रयोग गरेको र ८४ जनाले गर्भपतन गराएका छन् । त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा ६ सय ६९ जनाले पहिलो पटक गर्भ जाँच गराएको २ सय ८५ जना सुत्केरी भएको २ सय १२ जनाले परिवार नियोजनको साधन प्रयोग गरेको र ९० जनाले गर्भपतन गराएको छन् । भने आर्थिक वर्ष २०८०/८१ मा ७ सय ७५ जनाले पहिलो पटक गर्भ जाँच गराएको ४ सय ९८ जना सुत्केरी भएको ३ सय २१ जनाले परिवार नियोजनको साधन प्रयोग गरेको र ८२ जनाले गर्भपतन गराएको पब्लिक हेल्थ नर्सिङ अधिकृत पदमा कुमारी श्रेष्ठले जानकारी दिइन् ।
स्वास्थ्य संस्थामा गएमा पहिलो पटक गर्भ जाँच गर्ने, सुत्केरी हुने, परिवार नियोजनको साधन प्रयोग गर्ने र गर्भपतन गर्नेको सङ्ख्या हेर्दा बालविवाह बढेको देखिन्छ ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर कृष्ण खनालले सानो उमेरमा विवाह गर्दा महिलाहरूमा विभिन्न स्वास्थ्य समस्याहरू देखिने गरेको बताउनु भयो । उनले भने , ‘ प्रजनन अङ्ग परिपक्क नहुँदा गर्भमा रहेको बच्चाको विकास नहुने, बच्चा खेर जाने, आमालाई लामो समय व्यथा लाग्ने, फिस्टुला हुने, प्रसुती हुँदा रक्तश्राव अत्याधिक हुने, आमा र बच्चाको ज्यान समेत जान सक्ने, अप्रेसन गर्नु पर्ने र केहीमा मानसिक समस्या पनि देखिने हुन्छ ।’
बर्दिया अस्पताल गुलरियाका मेडिकल रेकर्डर एवम् सूचना अधिकारी केशव न्यौपानेले अस्पतालमा सुत्केरी हुने आउने बालिकाको उमेर हेर्दा १५ देखि १९ वर्ष हुने गरेको बताए ।उनले भने , ‘कहिलेकाँही सुत्केरी हुन आउने बालिका र उसको श्रीमान् उमेर हेर्दा २० वर्ष भन्दा कम देखिन्छन् ।अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा आएर २० भन्दा मुनीका आर्थिक वर्ष २०८२र०८३ मा ९६ जनाले आर्थिक वर्ष २०८१र०८२ मा ९१ जनाले, आर्थिक वर्ष २०८०र०८१ मा ७० जना बालिकाले सेवा लिएका छन् । ’


