bardiyahospital

स्थापना दिवसको अवसरमा रक्तदान

Geruwa GIF

मधुर पौडेल
बाँसगढी .
नेपाल निजामति कर्मचारि संगठनको ३२ औ स्थापना दिवसको अवसरमा बर्दियाको बाँसगढीमा रक्तदान कार्यक्रमको आयोजना गरीएको छ ।
संगठनको जिल्ला कार्यसमिति बर्दियाले ३२ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नगर अस्पताल बाँसगढीमा सम्पन्न कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । ‘संघियतामा सुशासन समाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन भन्ने नाराका साथ रक्तदान सम्पन्न कार्यक्रम सम्पन्न भएको हो ।

cld

नेपाल निजामति कर्मचारि संगठन जिल्ला कार्य समिति बर्दियाका अध्यक्ष कृष्ण बहादुर बिष्टको अध्यक्षता र नेपाल निजामति कर्मचारी सगठन को केन्द्रीय सद्स्य लक्ष्मी पौडेलको प्रमुख अतिथ्यतामा कार्यक्रमको आयोजना गरीएको थियो । कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लक्ष्मी पौडेलले बासगढि नगरपालिका कि उपप्रमुख सुष्मा चौधरीलाई ब्लड व्याग दिएर गरीएको थियो । संगठनले विगत देखि रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको बताउँदै अध्यक्ष विष्टले कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

यस्तै कार्यक्रमका विशेष अतिथि तथा बाँसगढी नगर प्रमुख शालिकराम अधिकारीले विगतमा रेडक्रसबाट मात्र यस्ता अभियान सञ्चालन भैरहेकोमा अहिले विभिन्न गैर सरकारी संघसस्थाहरु, कर्मचारीको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गर्न थालिएको बताउनु भयो । यस्तै नेपाल निजामति कर्मचारी संगठन नगर अध्यक्ष टिकाराम ढकालले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम गरीएको बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.