
कृष्णसार अनलाइन । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको हात्तीलाई निगरानी गर्न रेडियो कलर जडान गर्न प्रकृया अगाडी बढाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको कार्य अगाडि बढाउन निर्देशन दिएको हो।
मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुऱ्याउँदै आएका हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया छ । रेडियो कलर जडान भएको हात्तीको अवस्था थाहा पाएर हात्तीको आवतजावत सम्बन्धी सूचना संकलन गरी मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका रेडियो कलर जडान सहयोग पुग्ने विभागले विश्वास लिएको छ । रेडियो कलरबाट प्राप्त जानकारीले हात्तीको अनुगमन तथा विश्लेषण गरी गर्न सहयोग पुग्नेछ । हात्तीको आवागमन र बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान विभागको बुझाइ रहेको छ ।

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले रेडियो कलरबाट हात्ती कहाँ छ भन्ने जानकारी हुने र त्यसको आधारमा हात्तीको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको आवागमन र बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न सकिने बताउनु भयो । उहाँले रेडियो कलर जडान भएपछि प्राप्त सूचनाले स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी न्यूनीकरण गर्न सहयोग पुग्ने जानकारी दिनुभयो ।
रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरीवेक्षणमा पशु चिकित्सकसहितको प्राविधिक टोलीको समन्वयमा काम सहयोग पुग्ने मन्त्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हात्तीको सुरक्षालाई प्राथमिकता दिँदै वैज्ञानिक विधिबाट रेडियो कलर जडान गर्नुका साथै त्यसपछिको नियमित अनुगमनसमेत गरिने छ ।’


