bardiyahospital

नेकपा एकीकृत समाजवादी पार्टी गम्भीर संकटमा

आले र झाँक्रीको धम्की: अपराधीलाई जस्तो गरियो, पार्टी फुटाउन सक्छौं

Geruwa GIF

काठमाडाैं । स्थापनाको एक वर्ष नपुग्दै नेकपा एकीकृत समाजवादी पार्टी गम्भीर संकटमा फसेको छ ।

सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णयलाई लिएर नेकपा एसभित्रकाे मन्त्री फेरबदलको विषय थप पेचिलो बन्दै गएको छ।
cld

पार्टीको तर्फबाट सरकारको नेतृत्व गरिरहेका सहरी विकासमन्त्री रामकुमारी झाँक्री र पर्यटनमन्त्री प्रेम आलेले मन्त्री फेरबदलको निर्णयप्रति असन्तुष्ट जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई धम्की दिएका छन्।

एक महिनायता समाजवादीका महासचिव बेदुराम भुसाल र प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री झाँक्री र आलेप्रति अपराधीलाई जस्तो व्यवहार गरिरहेको एक सांसदले गुनासो गरेका छन्।

‘महासचिव (बेदुराम) र प्रवक्ता (जगन्नाथ)का हावा कुरा सुनेर माधव कमरेडले अपरिपक्क निर्णय गनुभयो। राम्रो काम गरिरहेका मन्त्रीलाई किन फिर्ता बोलाउने,’ आलेनिकट एक सांसदले भन्नु भयाे, ‘माधव कमरेड पनि ओलीकै शैलीमा हिँड्नुभयो। हामी १० जना सांसदहरूले संसदीय बैठक बोलाउन माग गर्दै पत्र पठाएका छौं।’

मन्त्री आले र झाँक्रीनिकट दश सांसदले आठ बुँदे ध्यानाकर्षण पत्र अध्यक्ष नेपाल सामु पाठएका छन्। मन्त्री फेरबदल गर्न नहुने पक्षमा आले–झाँक्री सहित स्वास्थ्य मन्त्री विरोध खतिवडा, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, सांसदहरू कृष्णलाल महर्जन, गोपाल बम, बिना बुढाथोकी, पुष्पा कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु छन्।

शुक्रबार एकाबिहानै मन्त्री आले र झाँक्रीले अध्यक्ष नेपाललाई भेटेर थप पेल्दै गए पार्टी फुटाउने सम्मको धम्की दिएको सांसद धनबहादुर बुढाले बताउनु भयाे ।

आफूहरू कुनै पनि हालतमा सरकारबाट नबाहिरिने मन्त्रीहरूको अडान कायमै छ। उता मन्त्री हेरफेरको विषयमा निर्णायक छलफल गर्न पार्टीको पोलिटव्यूरो बैठक बसिरहेको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयाे

online dubble sclaed
Leave A Reply

Your email address will not be published.