
दलबहादुर सुनार,
ठाकुरबाबा ।
ठाकुरबाबा नगरपालिकाले पुर्ण अशक्त अपाङ्गगता भएका ब्यक्तिको लागि घरदैलो मै गएर अपाङ्गगता परिचय पत्र वितरण गरेको छ ।
अपाङ्गगता परिचय वितरण समन्वय समितिका संयोजक तथा ठाकुरबावा नगरपालिकाकी उप–प्रमुख बिनाकुमारी भट्टराईले घरदैलो मै गएर परिचयपत्र वितरण गर्नु भएको हो । उहाँले पुर्ण अशक्त अपाङ्गगता भएका ब्यक्तिलाई परिचय पत्रको सेवा दिन डा. कुलदिप यादव सहितको टोली लिएर ठाकुरबाबाको वडा न. ३ न्यौलापुरमा जानु भएको छ ।


परिचय पत्रको लागि निबेदन दिएका तर कार्यालयमा आउन नसकेका अपाङ्गगता भएका ब्यक्तिको अवस्था परिक्षण गर्न उप प्रमुख भट्टराइ टोली लिएर जानु भएको हो । घरमा पुगेर परिक्षण गरेका मध्ये दुई जना पूर्ण अशक्त र दई जना अति अशक्त अपाङ्गगता भएका व्यक्तीलाई परिचय पत्र वितरण गरीएको ठाकुरबाबा नगरपालिका महिला शाखाले जनाएको छ ।

ठाकुरबाबा नगरपालिकाका नगर उपप्रमुख भट्टराईले जनतालाई सहज रुपमा सेवा दिने उद्देश्यले उनीहरुको घर घर मै गएर परिचय पत्र वितरणको प्रक्रिया अगाडी बढाएको बताउनु भयो । उहाँले भन्नु भयो – ‘ उहाँहरुलाई नगरपालिकामा ल्याउन असहज हुन्छ त्यसैले पनि हामी आउन नसक्नेलाई घर घरमै गएर परिचय पत्र वितरण गर्ने कार्यको सुरुवात गरेका हौँ ।’

अपाङ्गगता परिचय पत्र बितरण समन्वय समितिका संयोजक बिना कुरमारी भट्टराईको अध्यक्षतामा बसेको बैठकले आज ठाकुरवाबाका २४ जना लाई परिचय पत्र बितरण गरेको छ । जसमा ३ जना पुर्ण अशक्त, १० जना अतिअशक्त , ७ जना मध्यम र ४ जना सामान्य अपाङ्गगता भएकाले परिचय पत्र पाएका छन् । भने करिब १० जनालाई अन्य सेवा सुबिधाको वारेमा परामर्श गरिएको महिला तथा बालबालिका शाखा ठाकुरबाबाकी प्रमुख गोगनसरा आचार्यले जानकारी दिनु भयो ।


