bardiyahospital

बर्दियाका न्यायधीश शाह र उच्च अदालत सुर्खेतका अन्सारी पदमुक्त हुने

खराब आचरण र कार्यक्षमताको अभाव

Geruwa GIF

काठमाडौँ । न्याय परिषद्ले दुइजना न्यायाधीसलाइ पदमुक्त गर्न सिफारिस गरेकाे छ । परिषद्ले बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाह र उच्च अदालत सुर्खेतको जुम्ला इजलासका नसरुल्लाह अन्सारीलाई खराब आचरण र कार्यक्षमताको अभाव पाइएपछि पदमुक्त गर्न सिफारिस गरेको हाे ।

परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार शाह र अन्सारी विरूद्ध परेका उजुरी माथि अनुसन्धान र उनीहरूले गरेका फैसला अध्ययनपछि दोषी पाइएकाले पदमुक्त गर्ने सिफारिस गरिएको हो । परिषद्को सिफारिस अनुसार कामु प्रधानन्यायाधीश कार्कीले उनीहरू दुवैजनालाई आइतबार पदमुक्त गर्ने निर्णय गर्नेछन् ।

cld

नवलपरासीका अन्सारी २०७३ पुस २९ मा सिधै उच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएकाे थियाे । त्यस्तै रुकुमका शाह २०४३ साउन २६ मा न्याय सेवा प्रवेश गरेर २०६६ भदौ २३ मा जिल्ला न्यायाधीश नियुक्त हुनुभएकाे थियाे । करिब १३ वर्षदेखि एउटै पदमा रहेका शाह हालका जिल्ला न्यायाधीशहरूमा पुरानामध्येका एक हुनुहुन्छ ।

त्यसैगरी परिषद्ले उच्च अदालत तुलसीपुरकी न्यायाधीश बबिता उप्रेतीलाई सचेत गराउने पनि निर्णय गरेको छ । उहाँले गरेका फैसला अध्ययनपछि कार्यक्षमताको अभावमा उहाँलाई सचेत गराउने निर्णय गरिएको प्रवक्ता कार्कीले बताउनु भयाे । काठमाडौंकी उप्रेती पनि अन्सारीसँग एकैदिन अर्थात् २०७३ पुस २९ मा सिधै उच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएकाे थियाे

परिषद्ले अघिल्लो साता उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गरेको थियो । धनुषाकी साहले योग्यता ढाँटेर नियुक्ति लिएको भन्दै असार २४ मा उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

१० वर्ष निरन्तर वकालत गरेको वा कानुनको क्षेत्रमा काम गरेको व्यक्तिका रूपमा नियुक्त भएकी उप्रेतीले २० वर्ष सीटीईभीटीमा सामान्य प्रशासन सेवाको जागिरे भएर बिताउनु भएकाे थियाे । उप्रेती पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.