
यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका –१२ बस्ने करिब ४० बर्षिय श्रीराम चमारले ६ बर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत चैत्र १५ गते घरमा कोही नभघएको मौका छोपी जबरजस्ती करणी गरेको भन्ने सुचना प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हा फरार रहेका चमारलाई खोजतलास गरी पक्राउ साउन २ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी गत असार ३२ गते दिउँसो ४ बजे मधुवन नगरपालिका –६ बस्ने २६ बर्षिय मानबहादुर रजालीले ७ बर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरिरहेको अवस्थामा बालिकाको आफन्तले देखी स्थानिय र प्रहरीलाई खबर गरेपछि रजाली पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवैजनालाई जबरजस्ती करणीको आरोपमा मुद्दा दर्ता गरीएको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरीरहेको प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले बताउनु भयो ।


