bardiyahospital

 नेपालमा बाघको सङ्ख्यामा दोब्बर वृद्धि 

Geruwa GIF


यज्ञप्रसाद सापकोटा / बर्दिया  ।  
बर्दिया सहित नेपाल भरी बाघको संख्या बढेको छ । पछिल्लो गणना अनुसार नेपाल भरी बाघको संख्या ३ सय ५५ वटा पुगेको छ । 


नेपालमा गरिएको पछिल्लो बाघ गणनाको नतिजा अनुसार चितवनमा १२८‚ बर्दियामा १२५‚ पर्सा ४१‚ शुक्लाफाँटा ३६ र बाँकेमा २५ वटा गरी ३५५ वटा पाटेबाघ पुगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।  अघिल्लो गणनाको तुलनामा नेपालमा १२० वटा बाघ बढेको छ । जसमध्ये चितवनमा ३५‚ बर्दियामा ३८‚ पर्सा २३‚ शुक्ला २० र बाँके राष्ट्रिय निकुञ्जमा ४ ओटा पाटेबाघ बढेका छन् । 

cld


विश्वबाटै बाघ लोप हुने अवस्थामा पुगेको पाटेबाघ सन्‌ २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने देशहरूले गरेको प्रतिवद्धता अनुरूप नेपालले सन २०२२ सम्ममा दोब्बर बनाउने लक्ष्य लिएको थियो । नेपालले सो लक्ष्य पूरा गरेको छ । बाघ संरक्षणको प्रतिवद्धता गर्दा सन २०१० मा नेपालमा १२१ वटा मात्र बाघ थिए । हाल नेपालमा दोब्बर भन्दा ११३ वटा बाघ बढी रहेका छन्  । बासस्थान व्यवस्थापन‚ उल्लेख्य आहारा प्रजाति‚ चोरी शिकार नियन्त्रण र बाघ संरक्षणमा समुदायको सहकार्यले गर्दा बाघको सङ्ख्यामा वृद्धि भएको हो । बाघको संख्या बढेपछि  निकुञ्ज कर्मचारी संरक्षणकर्मी र पर्यटन व्यवसायी हर्षित भएका छन् ।

00dc

 


बाघको संख्या बढेसँगै बर्दिया लगाएत देशभरी नै मानव वन्यजन्तु द्वन्द्व पनि बढ्दै गइरहेको छ । विशेषगरी बाघको आक्रमणबाट मर्नेको सङ्ख्यामा वृद्धि हुँदै .गएको छ ।  विगत तीन बर्ष यता बर्दिया जिल्लामा २० र बाँकेमा ९ जनाको बाघको आक्रमणबाट मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । 


बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीन्दाहरु बाघको कारणले त्रसित भएका छन् । उनीहरु बाघ बढेसँगै बाघको आक्रमण पनि बढ्न सक्ने आशंका गरेका छन् । चोरीशिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बाघको संख्या वृद्धि सँग सँगै मध्यवर्ती क्षेत्रका स्थानीवासीमा पनि त्रास बढेको बताउनु भयाे । उहाँले बाघको व्यवस्थापनका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने बताउनु भयाे । 


बाघको संख्या बढेसँगै बाघ व्यवस्थापनका लागि चुनौती देखिएको छ । बाघ व्यवस्थापनका लागि सरकारले पर्याप्त लगानी नगरेमा मानव र वन्यजन्तु बिच 
द्वन्द्व बढ्दै जाने देखिएको छ । बाघ र मानिस बिचको सहअस्तित्व कायम गर्नका लागि मध्यवर्ती क्षेत्रमा सरकारले लगानी बढाउँदै जानु पर्ने पूर्व वार्डेन रमेश थापाले बताउनु भयाे । 


बर्दिया राष्ट्रिय निकुञ्जले मानव वन्यजन्तु सहअस्तित्व कायम गर्नका लागि मानव वन्यजन्तु
द्वन्द्व  न्यूनिकरण रणनैतिक योजना बनाएर लागू गरेको छ । मानव वन्यजन्तु द्वन्द्व  न्यूनिकरणका लागि निकुञ्जले गर्ने कार्य‚ राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्ने कार्य‚ विभिन्न संघसंस्था र स्थानीयले गर्ने कार्यको योजना बनाएर लागू गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकृत मुकुन्द सञ्जेलले बताउनु भयाे   हाल बाघबाट बच्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष‚ बर्दिया राष्ट्रिय निकुञ्ज लगाएतका सरकारी तथा गैरसरकारी निकायले समुदायमा व्यवहार परिवर्तन लगाएत कार्यहरू गरिरहेको छ । स्थानीयवासीलाई वन  जाँदा बाघबाट बच्ने उपायका बारेमा सिकाउने कार्य भइरहेको उहाँले बताउनु भयाे ।  

online dubble sclaed
Leave A Reply

Your email address will not be published.