bardiyahospital

बर्दिया कांग्रेसमा लफडा , उपसभापति सहित २३ जनाकाे सामुहिक राजिनामा

 जिल्लाका नेताहरूको सामूहिक राजीनामा 

Geruwa GIF


प्रकाश पौडेल
बर्दिया । नेपाली कांग्रेसका नेताहरूले सामूहिक राजीनामा दिएका छन् । बर्दिया क्षेत्र नं. १ मा अरुण प्रकाश सिंह राठौर उम्मेदवारी रद्द भएपछि नेताहरूले सामूहिक राजीनामा दिएका हुन ।


निर्वाचन आयोगमा नेपाली कांग्रेसबाट संजयकुमार गौतम र अरुणप्रकाश सिंह राठौर उम्मेदवारी परेको थियो । अरुण प्रकाश सिंह राठौरले पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार भएको दाबी गरेर मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा  उजुरी दिएका थिए । पार्टीका दुई उम्मेदवार मध्ये मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले गौतम  आधिकारिक उम्मेदवार  भएको फैसला गरेकाे थियाे ।

cld


नेपाली कांग्रेसमा उम्मेदवारको विषयमा लिएर राठौर पक्षका नेताहरू जिल्ला कार्यसमितिका उपसभापति गोविन्द्र प्रसाद थारू, सचिव जग्गा प्रसाद पाण्डे ,सचिव मीनराज थारू, कोषाध्यक्ष लक्ष्मी ढकाल लम्साल  ठाकुरबाबा नगरपालिका नगरप्रमुख तथा सहसचिव, तिलकराम लम्साल, जिल्ला समन्वय समितिका सभापति तथा कार्य समिति सदस्य सूर्य बहादुर बिष्ट सहित २३ जनाले सामूहिक राजीनामा दिएका छन् ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.