
प्रकाश पौडेल/ बर्दिया । बाघको संख्या बृद्धि भएसंगै स्थानीय स्तरमा उत्पन्न बाघ र मानव बीचको द्धन्द्ध न्यूनिकरण गर्न बर्दियामा राष्टिय स्तरको बाघ कार्यशाला गोष्ठी संचालन गरिएको छ ।
कार्यशाला गोष्ठिबाट बाघ संरक्षणको महत्व, चुनौती र व्यवस्थापनको बारेमा छलफल हुनुका साथै बाघ र मानिस संगसंगै बाँच्नपाउनु पर्छ भन्ने कार्यशालाको मुख्य उद्देश्य भित्र रहेर छलफल भैरहेको छ ।


बाघ संरक्षणमा स्थानीय तह, प्रदेश सरकार तथा अन्य साझेदार संस्थाहरुसंग सहकार्य र समन्वय गरेर स्थानीयबासीलाई आर्थिक उपार्जनसंग जोड्ने र बाघ संरक्षणको महत्वको बारेमा जानकारी गराउने विषयमा नितिगत छलफल भैरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो ।
११ र १२ गते दुई दिनसम्म संचालन हुने गोष्ठिमा बन्यजन्तु संरक्षण बिभागका महानिर्देशक, बिभिन्न निकुञ्जका वार्डेन, निकुञ्ज सुरक्षार्थ गणका गणपति, प्रदेशका वन सचिव, मध्यवर्ती समितिका अध्यक्ष र बाघ तथा अन्य लोपोन्मुख बन्यजन्तुमा पिएचडी गर्नुभएका डाक्टरहरुको उपस्थिती रहेको छ ।
बाघ संरक्षणका सन्दर्भमा के के कमिकमजोरी भए, अवसरहरु के के छन र अव कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल केन्द्रितहुने राष्टिय निकुञ्ज तथाबन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकाल बताउनुहुन्छ ।
स्थानीय स्तरमा रहेको मानव र बाघ बीचको द्धन्द्ध न्यूनिकरण गर्न बाघ गोष्ठिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा दोब्बर भन्दा बढी बाघको संख्यामा बृद्धि भएसंगै स्थानीय स्तरमा उत्पन्न द्धन्द्ध न्यूनिकरण गरी मानव बाघ सहअस्तित्व कायम गर्ने सवालमा कार्यशाला केन्द्रित हुने छ ।


