bardiyahospital

सहकारी दिवसकाे अवसरमा रक्तदान

Geruwa GIF

गुलरिया ।

बर्दियामा ६६ औं सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 

cld


सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्ष इन्दिरा सुवेदी सहकारी दिवसको आयोजना पारेर रक्तदान कार्यक्रम गरेको बताउनु भयो । आफ्नो सहकारी संस्था हरेक वर्ष निरन्तर लागेर सामाजिक कार्य गर्दै आएको बताउनु भयो । रक्तदान कार्यक्रममा संकलन भएको रगतले धेरै जनाको ज्यान बच्ने उहाँले बताउनु भयो । 


नेपाल स्वयंसेवी रक्तदाता समाजका नगर कार्यसमिति सहसचिव लक्ष्मण भण्डारीले रक्तदान कार्यक्रममा १३ पिन्ट रगत संकलन भएको बताउनु भयो । उहाँले चार जना नयाँ रक्तदाताले रगत दिएको बताउनु । बर्दिया अस्पताल रगतको माग बढि भएको नयाँ रक्तदाता नहुदाँ रगतको अभाव हुँदै आएको बताउनु भयो । 


सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना , नेपाल स्वयंसेवी रक्तदाता समाज गुलरिया नगर समिति समन्वय र  नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.