
ऋषी वाग्ले
राजापुर ।

राजापुर नगरपालिका मा २ महिने सीपमुलक तालिम को शुभारम्भ गरिएको छ। निशुल्क रुपमा दिइने सो तालिममा १० फरक फरक विधामा तालिम प्रदान गरिने छ।

१० वटा फरक फरक विधामा तालिम एकैपटक सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । सञ्चालन हुने तालिमहरूमा एडभान्स सिलाई कटाई तालिम, मोटर साइकल रिपेयरिङ, प्लम्बर, ए.सी. फ्रिज मर्मत, आल्मुनियम फेब्रिकेटर, टायल एण्ड मार्बल फिटिङ्ग लगायतका तालिम रहेका छन् । एडभान्स सिलाइ कटाइ हुँदा पालिकाका बिभिन्न वडामा प्रशिक्षार्थीलाई पायक पर्ने ठाउँमा तालिम सेन्टर राखिएको छ।

राजापुर नगरपालिका का नगरप्रमुख दिपेश थारूले उद्घाटन गरेको सो कार्यक्रमको सभापतित्व वडा नं ६ का वडा अध्यक्ष असराज न्यौपाने ले गर्नुभएको थियो। कार्यक्रममा राजापुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बिदुर पोखरेल , वडा नं ५ का अध्यक्ष रमेश दहित , नगरपालिका योजना शाखा प्रमुख राजकुमार पौडेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगरप्रमुख दिपेश थारूले नेपालीहरूले सीप आर्जन गर्न सके मात्र राम्रो आम्दानी गर्न सफल हुने नत्र न्यूनतम ज्याला मजदुरी मै काम गर्नु पर्ने बताए।
मधेसी, मुस्लिम, आदिवासी, दलित, जनजाति, लोपोन्मुख, सहिद बेपत्ता परिवारलाई प्राथमिकतामा राखेर तालिमको आयोजना गरिएको वडा नं ५ का वडा अध्यक्ष रमेश दहित ले बताउनुभयो।
प्रशिक्षार्थीले सिकेर जिविकोपार्जन गर्न सहज होस भनेर नगरपालिकाले लगानी गरेकाले सबै प्रशिक्षार्थी हरुले अनुशासित भएर सिप सिक्न मुख्य प्रशिक्षक शिव रानाभाट ले सबैलाई अनुरोध गरे। ६५ दिन अवधि रहेको तालिममा २३१ जना प्रशिक्षार्थी ले तालिम लिने छन्।


