bardiyahospital

विश्वकप छनोटः नेपालले कहिले कुन टिमसँग खेल्दैछ ?

Geruwa GIF

काठमाडाै‌ । भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले प्रतियोगिताको सुरुवात आयोजक जिम्बाब्वेसँगको खेलबाट गर्ने भएको छ। आयोजक जिम्बाब्वे र वेस्टइन्डिजसँगै बलिया राष्ट्रको समूहमा रहेको नेपाले समूहको अन्तिम खेलमा नेदरल्यान्डसँग खेल्ने छ।

नेपाल समूह ‘ए’मा रहेर प्रतिस्पर्धा गर्दैछ। नेपालले आफ्नो पहिलो खेलमा नेपालले जिम्बाब्वेसँग १८ जुन (३ असार) मा प्रतिस्पर्धा गर्नेछ।

 

cld

त्यस्तै, २० जुन (५ असार)मा अमेरिकासँग दोस्रो खेल खेल्दा तेस्रो खेलमा २२ जुन (७ असार) वेस्टइन्डिजसँग खेल्ने छ। प्रतियोगिताको समूहचरणको अन्तिम खेलमा २४ जुन (९ असार) मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

आईसीसीले मंगलबार सार्वजनिक गरेको ड्रअनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूह ‘ए’ मा परेका हुन्। समूह ‘बी’मा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई रहेका छन्।

छनोट प्रतियोगिता आगामी १८ जुन (३ असार)बाट ९ जुलाई (२४ असार)सम्म जिम्बाब्वेमा हुँदैछ।

लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोलीबीच सुपर सिक्समा प्रतिस्पर्धा हुनेछ। शीर्ष २ टिमले विश्वकपमा स्थान बनाउने छन्।

यस्तो छ खेल तालिका

online dubble sclaed
Leave A Reply

Your email address will not be published.